तराईमा जनजीवन कस्टकर बन्दै

0
11

तराईमा बढ्दै गएको चिसोसँगै विभिन्न जिल्लामा पनि शीतलहर शुरु भएको छ । करिब एक सातादेखि तराईमा चिसोले आफ्नो रुप देखाए पनि आजदेखि झरी झैं शीतलहरको वर्षा हुन थालेको छ ।

बाक्लो हुस्सु, चिसो हावा र शीतलहरको बीच तराईबासिको जनजीवन निक्कै प्रभावित भएको छ । शीतलहरको कारण गाउँबस्ती तथा सहरबजारमा मानवीय चहलपहलमा कमी आएको छ भने सर्वसाधारणको जीवन कष्टकर बन्दै गएको छ ।

बिहीबारदेखि जिल्लामा सूर्यसमेत देखापरेको छैन भने जाडो अब सहन नसकिने भएर ठाउँठाउँमा स्थानीयवासीले आगो तापेर बस्नुपरेको छ ।winter-season

शीतलहरसँगै बढेको चिसोले जिल्लाका मानिसका साथै वस्तुभाउ र बालीनाली पनि प्रभावित भएको छ । यस शीतलहरका कारण विशेषगरी सडकमा बसी माँगी खाने, बौलाहा र अति गरिब व्यक्ति बढी प्रभावित भएका छन् । तर अहिलेसम्म चिसोकै कारण कुनै पनि मानवीय क्षति नभएपनि जाडो बड्दै जादा बिरामी, बौलाहा, बालबालिका, गरिबलाई समस्या हुने देखिन्छ।

प्रतिक्रिया दिनुहोस