सिंगो मधेसलाई पहाडबाट अलग गर्न ठूलो षड्यन्त्र

0
11

सरकारले ल्याएको संविधान संशोधन विधेयक फिर्ता गर्नु पर्ने माग गर्दै विपक्षी दलहरुले फेरी पनि व्यवस्थापिका संसद बैठक अवरुद्ध पारेका छन् ।

बैठक सुरु हुनासाथ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विशेष समय लिएर बोल्दै संशोधनको विरोध गरे ।

ग्रान्डडिजाइन अन्तरगत संशोधन प्रस्ताव आएको भन्दै उनले कुनै हालतमा स्वीकार्य नहुने बताए । अहिले ५ नम्बर प्रदेशलाई टुक्र्याउने र त्यसपछि पूर्व र पश्चिम माग्ने योजना रहेको भन्दै उनले सिंगो मधेसलाई पहाडबाट अलग गरेर सिक्किम नबाएसम्म यो जारी रहने दाबी गरे । उनले भने, ख्यालठ्ट्टा होइन । ठूलो षड्यन्त्र भइरहेको छ ।’

केसीले बोले लगतै विपक्षी सांसदहरु आ-आफ्नो स्थानमा उभिए । सभामुख ओनसरी घर्ती मगरले बस्न आग्रह गर्दा पनि विपक्षी सांसदहरुले अस्वीकार गरे पछी सभामुखले पटक-पटक बसौं माननीय सदस्यहरु भन्दै मौन बसिन् । त्यसपछी सभामुख घर्तीले संसद बैठक २४ गतेसम्मका लागि स्थगित गरिन् । ।

यसअघिका बैठकहरुमा विपक्षी सांसदहरुले विरोध गार्नसाथ संसद स्थगित भएको घोषणा गरेपनि सोमबारको बैठकमा भने सभामुखले सोमबार विपक्षीलाई केही मिनेट उभ्याइन् ।khanal

यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित नभएपनि प्रधानमन्त्रीले राजिनामा दिनु नपर्ने स्पष्ट पारेका छन् ।  राजधानीमा आज आयोजित एक कार्यक्रममा खनालले सरकारले समस्या समाधानको लागि संशोधन प्रस्ताव ल्याएको भन्दै दलहरुको सहमतिमै प्रस्ताव पारित गर्ने तयारी भैरहेको बताए । उनले भने,‘समस्याको समाधानको लागि प्रयास भैरहेको छन्, तर प्रस्ताव पारित नभएपनि प्रधानमन्त्रीले राजिनामा दिनुहुन्न ।
उनले संशोधन प्रस्तावले ५ नम्बर प्रदेश टुक्रिँदैछ भन्ने हल्ला चलिरहेको बताउँदै भने, हो अहिले जनता आन्दोलित छन्, किन ५ नम्बर प्रदेश चलाउने भनेर आक्रोश र असन्तुष्टिहरुको आवाज छन यसलाई हामीले सम्मान गर्नुपर्छ ।खनालले पछिल्लो समय अतिवादी सोचहरु हावी भैरहेको समेत गुनासो पोखे । उनले मधेशलाई जबरजस्ती धकेल्न खोज्ने प्रवृत्ति र सामन्ती राष्ट्रवादको प्रवृत्ति हावी भएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस