चापाकोट नगरपालिका वडा न ९ का ५५ बर्षिय शिक्षक रामभक्त आचार्यले स्थानीय १४ बर्ष की नाबालिकालाई बलात्कार गरेको आरोप लगाईएको छ । गंगालाल मा वि चापाकोटका शिक्षक आचार्यले बालिका लाई केही जिन्सी तथा फेन्सी सामानको प्रलोभन तथा डर त्रास देखाई करणी गरेको पिडीत पक्षले जनाएका छन । पिडीतका अनुसार शिक्षक...
काठमाडौंबाट स्याङ्जाको वालिङका लागि हिँडेको  बस त्रिशूली नदी किनारमा खस्दा ५ जनाको मृत्यु भएको छ भने २३ जना यात्रु घाइते भएका छन् । मुग्लीन पुग्नुभन्दा २५ मिटर अगाडिबाट बस त्रिशूलीमा खसेको हो। मृत्यु हुनेमा तीन जना पुरुष र दुई महिला रहेका छन् । एक बालकको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ...
पोखरा लेखनाथ महानगरपालिकाले फिर्के खोलामा पैदलमार्ग (फुटट्रयाक) निर्माणको शुभारम्भ गर्ने क्रममा रेलिङ भाँचिदा सर्वसाधारण र पत्रकार फिर्केखोलामा खसेर घाईते भएका छन् । कार्यक्रमको समाचार संकलनको लागि पुगेका संचारकर्मी गण्डक न्युजका रञ्जन अधिकारी क्षेत्री र रेडीयो अन्नपूर्णका सन्देश श्रेष्ठ तथा स्थानीय गौरी पौडेल लगायत ५ जना फिर्केमा खसेका थिए ।...
स्याङ्जाका फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जिल्लाको लिटिल फवार्ड बोर्डिङ स्कूलमा अध्ययनरत छोरी र छोरालाई गाउँकै सामुदायिक विद्यालयमा सारेका छन् । परिवर्तनको शुरुआत आफैबाट गर्नुपर्छ भन्दै गाउँपालिका अध्यक्षले बोर्डिङ स्कूलमा अध्ययनरत आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेर विद्यार्थी भर्ना अभियान थालेका हुन् । उनले सिद्धार्थ माविको कक्षा ४ मा...
प्रदेश नं ७ को नाम सहिद दशरथ चन्दको नामबाट नामाकरण गर्न सुझाव दिइएको छ । प्रदेश ७ को स्थायी राजधानी र नामाकरणका लागि संसदीय समितिले सुझाव सङ्कलन गरिरहेका बेला बैतडीवासीले यो प्रदेशको नाम दशरथचन्द प्रदेश राख्न सुझाव दिएका हुन् । सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको वार्षिक साधारणसभामा सहभागी राजनीतिक दलका...
उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरी स्याङ्गजामा बम प्रहार गरिएको छ । स्याङ्गजाको भीरकोट गाउँपालिका वडा नं ८ ढापुकफेदीमा चुनावी कार्यक्रम सकेर फर्किदै गर्दा अपरान्ह ५ :३० तिर उनको सवारीलाई लक्षित गरी बम प्रहार गरिएको हो । उपप्रधानमन्त्री श्रेष्ठ चढेको बा १३ च २०२७ नम्बरको स्कारपियोलाई लक्षित गरि...
कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रमाण मास्न उद्दत रहेको भन्दै निलम्बनमा परेका एसपी डिल्लीराज बिष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले गृहमन्त्रालयले सोधेको स्पष्टीकरणको खिलित जवाफ दिएका छन् । स्पष्टिकरणमा विष्टले लापरवाही नगरेको दाबी गरेका छन् । दुवै जनाले बुधबार दिउँसो सरकारलाई स्पष्टीकरणको लिखित जवाफ दिएका हुन्...
स्याङ्जाको गल्याङ नगरपालिका वडा नं १ महालिङ धाम स्थित उत्तरबाहिनी क्षेत्र शिवलिङग पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । गल्याङ नगरपालिका वडा नं १ उत्तरबाहिनी क्षेत्रमा शिवलिङग पोखरीमा पैसा खोज्ने क्रममा डुबेर एक ३ वर्ष बालिकाको मृत्यु भएको हो । तनहुँ जिल्ला नगरपालिका वडा न.का बर्ष ३७ का सुर्य...
(स्याङ्जामा साग बेचेर जिबिकोपार्जन गर्ने माथि कर लाद्दै स्थानिय सरकार ) स्याङ्जाका जनताले कर तिरे पनि स्थानिय निकायले दिने सेवा भने कर तिरे अनुसारको पाएका छैनन् हुँदा हुँदा अब स्याङ्जाको फेदीखोला गाउँपालिकाले डोकोमा तरकारी तथा फलफूल बेच्नेसँग पनि कर उठाउन थालेको छ । डोकोमा सुन्तला–तरकारी बेच्नेहरुबाट १० रुपैयाँ कर लिइन्छ ।...
लगातारको वर्षाले मुलुकभरकै जनजीवन अस्तव्यस्त बनाएको छ। आइतबारमात्रै एक दर्जन मानिसको मृत्यु भएको थियो भने थुप्रै घाइते भएका छन् । नदी, नालामा पानीको सतह बढ्दा बस्ती नै जोखिममा परेको छ। गुडिरहेको बस समेत बगाउँदा पानीको बहाव मापन गर्न कठिनाइ भएको छ। बाढी पूर्वानुमान शाखाले देशैभर मध्यम बर्षाको सम्भावना औंल्याउँदै सतर्क...
१०५ अौ वि पी जन्मजयन्ती को अबसर मा नेपाली कांग्रेस स्याङजाले गाउँ नगरका ९७ वटै वडा मा विपी जयन्ती तथा स्व. पंगेनी को शोक मनाउने निर्णय सगै सबै वडामा प्रतिनिधि खटाएकाे छ । विपी को चिन्तन एबम जिल्ला सभापती स्व.नेता कमल पंगेनी प्रती शोक र कार्यकर्ता को भेटघाट साथै...
       तस्बिर सामाजिक सन्जालबाट : स्याङजाको हरिनास गाँउपालिकाका अध्यक्ष खिमनारायण मानन्धर स्याङजाको हरिनास गाँउपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले प्रहरी माथि हातपात गरेका छन्। गाउँपालिका स्थित वडा नम्वर ६ दग्दीमा भएको भलिवल प्रतियोगितामा खेललाई लिएर सामान्य विवाद हुदा अध्यक्ष मानन्धरले प्रहरी माथि हातपात गरेको प्रत्यक्षदर्शीले बताएका छन्। आक्रमणबाट दार्सिङ प्रहरी...
राम प्रसाद लामिछाने वालिंङ, स्याङ्जा नेपाल तरुण दल वालिङको तरुण भेला तथा तर्दथ समिति गठन कार्यक्रम शनिवार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस क्षेत्रिय सभपाति अर्जुनप्रकाश अर्यालले तरुण आन्दोलनले नेपालमा अन्याय, अत्याचारको अन्त्य गर्दै नेपाली कांग्रेस पार्टीलाई प्रमुख शक्तिको रुपमा स्थापित गराउन सफल भएको बताउनुभयो । वालिङ नगरउपप्रमुख कल्पना...
गतबर्षको तुलनामा यो बर्ष सरकारले स्याङ्जा जिल्लाका स्थानिय तहकोलागी बिनियोजन गरेको बजेटमा ३१ करोड कम छ । मंगलवार संसदमा पेश भएको बजेटमा स्याङ्जाका स्थानीय तहलाई २ अर्ब ९७ करोड ६८ लाख रुपैयाँ विनियोजन गरेको छ । ५वटा नगर र ६ वटा गाउँपालिका रहेको स्याङजामा गत वर्षको तुलनामा यस वर्ष...
चापाकाेट नगरपालिकाका नगर प्रमुखका प्रत्याशीकाे सिङ्गो गाउँ नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । १५ शैयाकाे चापाकोट अस्पतालको समुद्घटान कार्यक्रममा आएका नेपाली काँग्रसका महामन्त्री माननीय डा.शशांक कोईराला चापाकोट नगरपालिकामा फरक दुई कार्यक्रमलाई सम्बोधन गरेका छन् । नगरपालिकाद्वारा निर्माण गरिएको १५ शैयाकाे चापाकोट असपताल भवनको समुद्घाटन गर्दै...
वर्षासँग झरेको पहिरोले मुग्लिन- नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार बिहान पौने चार बजे घुमाउनेमा ठूलो पहिरो खसेर सडक अवरुद्ध बनेको हो । सो स्थानमा पानी परिरहेको कारण अहिले पहिरो पन्छाउने समेत समस्या भएको एसपी सुशीलसिंह राठौरले बताए । ‘पानी केही कम हुनासाथ पहिरो...
तीन बर्षमा काम सक्ने गरि सम्झौता गरेर काम थालिएको स्याङ्जाको कालिगण्डकी नदीका २ मोटरेबल पुल सात बर्षदेखी अलपत्र परेका छन् ।जुन पुलले काली गण्डकीका किनारमा रहेका दुई नगर चापाकोट र रामपुर त्यस्तै काली गण्डकी कारीडोर र काली गण्डकी राजामार्ग लाई जोड्ने काम गर्ने थियो भने भारत–चीन जोड्ने सबै भन्दा...
सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दूर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा बिहीबार राष्ट्रिय शोक दिवसको रुपमा मनाउने र निर्णय गरेको छ । भोलि देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए । सरकारले अधिकारीलाई राजकीय सम्मानका साथ अन्त्येष्टि...
नेपाल मगर संघ गल्याङ नगर समितीको आयोजनामा नेपाल मगर संघको ३७ औँ मगर दिवस भव्यतामा साथ मनाईएको छ । मगर दिवसको अवसरमा तल्लो गल्याङदेखि सुरु गरिएको झाँकी सहित वृहत र्याली गल्याङबजार परिक्रमा गरि मगर भवन लेमभित्तामा पुगेर सभामा परिणत भएको थियो । मगर भवन लेमभित्तामा भएको कार्यक्रमको उद्घाटन गर्दे...
जवर्जस्ती धर्म परिवर्तनलाई कानूनले प्रतिबन्ध लगाएको भएपनि धादिङको उत्तरी भेगमा भने पैसाको आसमा ईसाईकरण बढ्न थालेको छ। भूकम्पले क्षतिग्रस्त उत्तरी धादिङमा अहिले राहतको नाममा धर्म परिवर्तन बढ्न थालेको चिनियाँ एक संस्थाको खोजीले देखाएको छ। साउथ चाईना मर्निंग पोस्टको एक रिपोर्टले सनसनी पूर्ण खोजी गरेको छ। दुईसाल पहिले नेपालमा शक्तिशाली...