अनुमती बिना फोहर आधिखोलामा फाल्दा २ लाख जलचर मरे दोसी को ?

0
64

निजी फर्मको लापरबाहीका कारण आँधिखोलाको जलचर सखाप भएका छन् । खिलुङ कालिका एग्रो फर्मको फोहोर तथा कुखुराको सुलि प्रत्यक्ष आँधिखोलमा मिसाउंदा यहाँका जलचर प्रभाबित भएका छन् । भिरकोट नगरपालिका मा फर्म संञ्चालन गरिएको एग्रो फर्मले नगरपालीकाको अनुमती बिना गल्याङ नगरपालिकाको तुलसिभञ्याङमा फोहोर फाल्ने कार्य गर्दै आएको थियो । एग्रो फर्मले गएराति जे.सि.भीको प्रयोग गरेर सुलि खोलामा मिसांउदा आंधिखोला जलबिद्युत केन्द« सम्मका सबै जलचर मरेका छन् ।

सुलिको दुर्गन्ध कम गर्न प्रयोग गरीने बिषदीका कारण खोलाका माछा मरेको हुन सक्ने प्रारम्भिर आँकलन स्थानीयले गरेका भएपनि के कारणले माछा लगाएत जलचर सखाप भएको हो भन्ने अनुसन्धान भैरहेको छ । गत बर्ष मात्र बुटवल पावर कम्पनिको आधिखोला जलबिदुत आयोजनाले बाध स्थल भन्दा माथिल्लो भागमा स्थानिय प्रजातिका एक लाख माछाका भुरा खोलामा छोडेको थियो ।

यस खोलाको पानि गल्याङ नगरपालिकाको १,२, ३,९, ११, र पाल्पाको रम्बादेवी गाउपालिकामा सिँचाइ हुदैं कालिगण्डकी सम्म पुगेको छ । प्रशासनले माछाको सेवन र पानि सिँचाइ गर्न रोक लगाएको छ । यस पानिको असर कालिगण्डकी सम्म पर्ने सरोकारवालाको भनाई छ। एग्रो संचालक सोभाकान्त ढकाल र जेसिबीलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमालीइ अनुसन्धान कार्य गरिरहेको गल्याङ नगरपालिका प्रमुख भुपरज अधिकारिले बताए ।

प्रतिक्रिया दिनुहोस