कांग्रेस सभापति शेरबहादुर देउवाले कुनै पनि बहानामा तानाशाही व्यवस्था कांग्रेसलाई मान्य नहुने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ जिल्ला समितिले शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश’ अभियानको बुधबार शुभारम्भ गर्दै उनले राणा शासन र राजा फालेका कांग्रेसलाई कुनै प्रकारका तानाशाही व्यवस्था मान्य हुन नसक्ने बताएका हुन् । सभापति देउवाले प्रधानमन्त्रीले संसद्मा...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रन-वे निर्माणको काम अन्तिम चराणमा पुगेको छ । रन वे को काम सकिए लगत्तै पोखरा विमानस्थल तोकिएको समयभन्दा छ्ट्टै निर्माण हुने राष्ट्रिय गौरबको आयोजना बन्ने पक्का भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमका अनुसार विमानस्थलको मुख्य निर्माणको कामका रुपमा रहेको रन-वेको काम...
तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विमानका सहचालक एस ढुङ्गाना र सुरक्षामा खटिएका पर्यटक प्रहरी (असई) रामबहादुर खड्का रहेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका इन्चार्ज इमनाथ अधिकारीले जानकारी दिए । लुक्ला एयरपोर्टमा हवाई जहाज र हेलिकोप्टर ठोक्किँदा मृत्यु हुनेहरुको...
सरकारले नयाँ वर्ष २०७६ वर्षको उपलक्ष्यमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थालगायत सबै क्षेत्रमा सार्वजनिक बिदा दिएको छ । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन वैशाख सङ्क्रान्तिलाई वर्षको पहिलो दिनका रुपमा लिने गरिन्छ । हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता–असफलता...
दक्षिण कोरियाली पप ब्याण्ड ब्याक पिंकको एउटा गीत सबैभन्दा छोटो समयमै यु ट्युबमा १० करोड पटक हेरिएको छ । साढे दुई दिनमै १० करोडभन्दा बढी भ्यूज बटुल्दै ‘किल दिस लभ’ बोलको गीतले गंगनम स्टाइल बोलको गीतको रेकर्ड तोडेको हो । पपस्टार साईको कीर्तिमान गीत गंगनम स्टाइलको रेकर्ड तोड्नका लागि यो...
तीन बर्षमा काम सक्ने गरि सम्झौता गरेर काम थालिएको स्याङ्जाको कालिगण्डकी नदीका २ मोटरेबल पुल सात बर्षदेखी अलपत्र परेका छन् ।जुन पुलले काली गण्डकीका किनारमा रहेका दुई नगर चापाकोट र रामपुर त्यस्तै काली गण्डकी कारीडोर र काली गण्डकी राजामार्ग लाई जोड्ने काम गर्ने थियो भने भारत–चीन जोड्ने सबै भन्दा...
किरियापुत्री भेट्न जाँदा नि माला मोहले नछोड्ने रहेछ कम्युनिस्ट नेतालाई घटना बिराटनगरको हो । किरियापुत्रलाई भेट्न जाँदा समेत घाटीमा सयपत्री फूलको माला लगाएर गएको तस्वीर सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको धेरैले आलोचना गरेका छन् । पण्डित परोपकार अभियानको भवनमा आयोजित कार्यक्रममा सहभागी भएर मातृशोकमा रहेका...
नेपाल विद्यार्थी संघ डोटीले शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख अनन्तकुमार पौड्याललाई कार्यकक्षमा कालो मोसो दलेका छन्। आईतवार दिउँसो शिक्षा विकास तथा समन्वय इकाई प्रमुखकको कार्यकक्षमा गएर पौड्याललाई कालो–मोसो दलेको नेपाल बिद्यार्थि संघका पुर्व आमन्त्रित केन्द्रीय सदस्य बिजय ओझाले बताए। शिक्षा विकास तथा समन्वय इकाई प्रमुख पौड्यालले जिल्लामा अनियमिता, भ्रष्टाचार...
नेपाली कांग्रेसले नेत्रबिक्रम चन्द (विप्लव) को नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीलाई हत्या, हिंसा र चन्दा आतङ्कको मार्ग परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गरेको छ । मंगलबार सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो अनुरोध गरेको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वार जारी विज्ञप्तिमा भनिएको छ,'...
गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले रुजी फाउण्डेसनको घोषणा गरेका छन् । प्रमुख अधिकारीले आईतबार आफ्ना माता स्वर्गीय रुकीकुमारी अधिकारीको १२औँ दिनको पुण्य तिथिमा रुजी फाउण्डेसको घोषणा गरेका हुन् । गल्याङ ८ करादी स्थित आफ्नै निवासमा फाउण्डेसनको घोषणा भएको हो ।नगर प्रमुखका स्वर्गीय माता रुकीकुमारी अधिकारी र पिता जितलाल अधिकारीको...
नेपाल महिला संघ जिल्ला कार्य समितिद्धारा बृहत भेला तथा अन्र्तक्रिया स्याङ्जाको हरिनास गाउँपालिका सम्पन्न भएको छ । संघिय लोकतान्त्रिक गणतान्त्रिक संविधान राज्यमा सबैको स्वतन्त्र पहिचान भन्ने नाराका साथ जिल्लाका ११ वटै तहमा गरिने भेलाले संगठन सुदृढिकरण गर्ने र संगठन विस्तार गर्ने छ ।भेला तथा अन्र्तक्रियामा बोल्दै नेपाल महिला संघकी...
तराई मधेसमा हवाइमार्ग वा स्थलमार्गबाट प्रवेश गर्नासाथ सिके राउत होइन पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहका बारेमा चाहिँ चर्चा चलिरहेको छ । ढल्केबर र महेन्द्रनगरबाट जनकपुर प्रवेश गर्ने ठाउँ–ठाउँमा पूर्वराजाको जयजयकार गर्दै ब्यानर तथा होर्डिङबोर्ड लगाइएका छन् । जनकपुर शहरभित्र पनि ठाउँठाउँमा पूर्वराजाको स्वागतमा ब्यानर टाँगिएका छन् । पृथकतावादको विदाइसँगै पूर्वराजाको स्वागतमा...
राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दूराष्ट्रका लागि सुरु गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा काठमाडौं आइपुगेको छ । पूर्वको ताप्लेजुङबाट फागुन १५ गते सुरु भएको यात्रा सुदूरपश्चिमसम्म पुगेर काठमाडौं फर्किएको हो । मेची महाकाली यात्राको टोली अध्यक्ष कमल थापासहित बुधबार पोखराबाट काठमाडौं फर्किएको हो । यात्राका क्रममा ३७ जिल्लामा दुई हजार ८...
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले स्वतन्त्र मधेश गठबन्धनले आइतबार जनकपुरमा गरेको गतिविधिले सरकारसँग गरेको सहमतिप्रति शंका उब्जाएको बताएका छन् । सोमबार सप्तरीको राजविराज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले आइतबार जनकपुरमा सिके राउतका समर्थकको गतिविधिले सरकारसँग भएको ११ बुँदे सहमतिप्रति नै आशंका उब्जाएको बताए । ‘स्वतन्त्र मधेश गठबन्धनका...
स्याङ्जाको गल्याङ नगरपालिका वडा नं १ महालिङ धाम स्थित उत्तरबाहिनी क्षेत्र शिवलिङग पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । गल्याङ नगरपालिका वडा नं १ उत्तरबाहिनी क्षेत्रमा शिवलिङग पोखरीमा पैसा खोज्ने क्रममा डुबेर एक ३ वर्ष बालिकाको मृत्यु भएको हो । तनहुँ जिल्ला नगरपालिका वडा न.का बर्ष ३७ का सुर्य...
पोखराको बिन्ध्यवासिनी मन्दिर परिसरमा निर्मित लिफ्ट राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् । हुण्डाई मोटर कम्पनी दक्षिण कोरिया तथा लक्ष्मी ग्रुप नेपालको सहकार्यमा मन्दिर परिसरमा लिफ्ट निर्माण गरिएको हो । मन्दिरमा दर्शन गर्न आउने वृद्धवृद्धा एवं अपांगको सहजताका लागि लिफ्ट निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी...
नापी भिभागले नेपालको नक्सा संशोधन गरेको छ । बिहीबार नापी विभागले गरेको एक कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले संशोधित नक्सा सार्वजनिक गरेकी छिन् । सरकारले इतिहासमा नै तेस्रो पटक नेपालको नक्सा संशोधन गरेको हो । नापी विभागका अनुसार यस अघि निशान छापमा समेत लिपुलेक र...
पोखरामा मंगलबार प्याराग्लाइडिङ खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रसियाका डेमिट स्टेफ्यानेस रहेका वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक कोमल शाहले जानकारी दिए । पोखरा महानगरपालिका - १८ सराङकोटबाट उडेका स्टेफ्यानेसको दुर्घटनापछि उपचारको क्रममा मृत्यु भएकाे हो । उनी फ्रन्टिएर्स प्याराग्लाइडिङ कम्पनीको अनुमतिमा उडेका थिए...
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धर्मको विषय जनमत संग्रहबाट टुंग्याइनुपर्ने बताएका छन् । शुक्रबार  गुल्मीको मुसीकोट मुसिकोट नगरपालिका वडा नं. ७ मा रहेको श्री महेन्द्र आदर्श माध्यमिक विद्यालयको हिरक महोत्सव तथा श्रमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ को पाँचौं दिनको कार्यक्रमको उद्घाटन गर्दै डा. कोइरालाले नेपाल सनातन वैदिक धर्मको...
दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा जीप दुर्घटना भएको छ। दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार मृत्यु हुनेमा सात महिला, तीन पुरुष र एक बालिका रहेका छन्। मृतकको सनाखत हुन सकेको छैन। सदरमुकाम खलङ्गाबाट हिकिलातर्फ गइरहेको म १ ज २८०...