नेपाली जनता कम्युनिस्टको झुटो राष्ट्रबादमा झुक्किए – महामन्त्री आनन्द राज त्रिपाठी

0
17

नेपाल बिद्यार्थी संघका महामन्त्री आनन्दराज त्रिपाठी बिद्यार्थीका मुद्धा प्रमुख रहेर बिद्यार्थी आन्दोलनलाई अगाडि बढाउने बताउनु हुन्छ। बिद्यार्थी आन्दोलन शैचिक आन्दोलन र संगठनका बिषयमा महामन्त्री त्रिपाठी संग गरेको कुराकानी


नेपाल बिद्यार्थी संघको महामन्त्री मनोनित भई सकेपछी तपाईंको पहिलो लक्ष के हो ?
= मलाई विश्वाश गरेर केन्द्रिय अध्यक्ष महर ज्युले महामन्त्रीमा मनोनित गर्नु भाको छ, बिशेषगरी त्यसका लागि अध्यक्ष लगायत केन्द्रिय समितिका सबै साथीहरुलाई धन्यवाद दिन चहान्छु । अब म आई सकेपछी संगठन लाई ब्यवस्थित, अनुशासित तवरले देशको हरेक कुनामा जहाँ नेपाल बिद्यार्थी संघको संगठन पुगेको छैन त्यहा नेपाल बिद्यार्थी संघको दरिलो उपस्थिती गराउने लक्ष मेरो छ । बिद्यार्थी को माझमा नेबिसंघ पुग्नु पर्ने हो पुगेको छैन त्यसैले हरेक लोकतन्त्र प्रती आस्था राख्ने युवा बिद्यार्थी माझ नेपाल बिद्यार्थी संघको भूमिका अझ ससक्त बनाउदै ति कार्यक्रम सहित अगाडि बढ्ने योजना छ ।

नेपाल बिद्यार्थी संघको अधिबेसन भएको एक बर्ष पुरा हुँदापनी केन्द्रिय समितिले पूर्णता पाउन सकेको छैन र बिभाग हरु पनि गठन हुन सकेको छैन यसमा तपाईंको के योजना र धारणा छ ?
= बिलकुल वास्तवमा नेपाल बिद्यार्थी संघको महाधिबेसन भएको कारीव १६ महिना भई साकेको छ म पनि एउटा अध्यक्षको उमेद्वार थिए , प्रतिस्प्रधा गरेको थिए तर हुनसकिन केही समयको अन्तराल पछी अहिले महामन्त्री मनेनित भई सकेको अवस्था छ । वास्तवमा जती ससक्त ढंगले जुन उत्साह थियो नेपाल बिद्यार्थी संघको महाधिबेसन पछाडि अब केही हुन्छ भन्ने आकङ्छा थियो त्यो ढंगले हुननसकेको अवस्य हो। सस्थागत ढंगले अध्यक्ष जान खोज्दा पनि टिम र गुटको नाममा जुना किसिमको प्रब्रितीहरु देखिए त्यस्ले संगठनलाई अलिकती निरासा पनि बनाएको छ। अध्यक्ष ज्युले बिभागहरु गठन गर्ने कुरा छ त्यो केही भई पनि सकेको छ जस्तै प्रेश बिभागको सम्योजक उमेश भट्टराई हुनुन्छ भने बिदेश बिभागको सल्लाहकारमा डि बि सुनुवार हुनुन्छ अरु बिभागको गठन गर्न कोशीस गर्दागर्दै पनि त्यो सफल हुन पाएको छैन । अब हामी रोकिने पनि समय छैन किन्भने अब छोटो समय छ सात आठ महिनाको बिचमा सारा समस्याको समाधान गरेर महाधिबेसन गर्नु छ । त्यो बिचमा संगठन बिभाग, सास्कृतिक बिभाग, क्षात्रा बिभाग गठन गरेर जाने छौ । केन्द्रिय समितिमा आउन नसकेक जस्ले हिजो नेबिसंघमा निरन्तर रुपमा काम गरेको छ , संघठनलाई अतुलनिय योगदान गर्ने साथीहरुले त्या स्थान पाउने छन् ।

स्थानिय तहको चुनावमा नेपाल बिद्यार्थी संघ कृयासिल हुदा राम्रो नतिजा आयो तर प्रदेश र प्रतिनिधि चुनावमा राम्रो नतिजा ल्याउन सकेन के यसमा नेपाल बिद्यार्थी संघको निस्कृयताले हो ?
= त्यस्तो होइन सबै जिल्लाका नेपाल बिद्यार्थी संघका कृयासिल साथीहरु लागेकै थिए। स्थानिय चुनावमा बिद्यार्थी साथीहरुले मेहेनत नगरेका होईनन गरेका थिए । र हामीले जती पाउन पर्ने हो आसातित पारीणाम थियो जुन पाउन सकेनौ अन्य प्रदेशको तुलनामा २ नम्बर प्रदेश्मा चाँही राम्रै किसिमको नतिजा आयो अझ यो नतिजा सोचेजस्तो भएको होईन । त्यस्लाई मनन गरेर बहस गर्न पर्ने थियो । त्यस्मा हामी चुकेको चाँही हो । स्थानिय चुनावमा कहाँ कती कमिकमजोरी भयो त्यसमा ध्यान दिन पर्ने थियो तर हामी काहानिर चुकौ जसले गर्दा प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा हामी पछाडि परेकै हो त्यो भन्दा पनि सोझा नेपाली जनता कम्युनिस्टको खोक्रो राष्ट्रियता को झुटो आश्वासनमा विश्वाश गरे जसले गर्दा नेपाली काङ्रेश यो पटक पछाडि परेको हो । अब हुने हाम्रा गतिबिधी अब आक्रामक र रचनात्मक हुन्छ जसले गर्दा अर्को चुनावमा हाम्रो बहुमत ल्याउन दिलो ज्यानले भात्री संगठनहरु लाग्ने छ।

के नेपाल बिद्यार्थी संघभित्र मौलाएको गुटबन्दीका कारण शिक्षाका क्षेत्र गरेको आन्दोलन तुहेको हो ?
=मलाई लाग्दैन हामीले अध्यक्षको सर्कुलर अनुसार नेबिसंघले उठान गरेका मागका पक्षमा शिक्षा स्वास्थ्य जीवन बिमाका पक्षमा पनि हामी जोडदार पक्षमा हामी आवाज उठाएका छौ । मुद्धाका बिषयमा संगठन भित्रका गुटको बाहानामा कसैले मुद्धालाई तुहाउन खोज्छ भने त्यो नेबिसंघलाई किमार्थ शैय हुन्न, भर्खरै प्रधानमन्त्री ज्युलाई ग्यापनपत्र पनि बुझाएका छौ । केही कुरा कार्यान्यन पनि भएका छन् । तराई मधेशमा सितलहरले बिद्यार्थीको पठन पाठनमा भएका बाधाका बिषयमा पनि आवाज उठाएका छौ । गुटबन्धीका कारण सैछीक मुद्धा ओझेलमा परेको चाई पक्कै होईन । 

 

प्रतिक्रिया दिनुहोस