अमेरिकामा नेपालीलाई केही नहुने

0
19

अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको विजयपछि नेपालीलगायत अमेरिकामा रहेका आप्रवासीहरूको भविष्यबारे अनेक अड्कलबाजी भइरहँदा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिकामा नवनिर्वाचित राष्ट्र्पति डोनाल्ड ट्रम्पले पदभार समालेपछि त्यहाँ बसोबास गर्ने नेपालीलाई कस्तो प्रकारको समस्या हुने हो भन्ने चिन्ता र चासो व्यक्त गरेका छन् ।

आफूलाई भेट्न सोमबार बालुवाटार आएकी नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजसँगको भेटमा दाहालले बदलिएको परिस्थितिमा अमेरिकी सरकारको धारणा मागेका हुन् । भेटमा प्रधानमन्त्री दाहालले अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचन र अमेरिकामा रहेका नेपालीको भविष्यबारे पनि चासो व्यक्त गरेको  निजी सचिबालयले जानकारी गराएको छ ।  

उनलाई भेट्न पुगेकी अमेरिकी राजदूतका समक्ष प्रधानमन्त्री दाहालले यही प्रश्न गरेका छन् ।  नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले नेपालीलाई केही नहुने भनेर आश्वासन दिएकी छन् । नवनिर्वाचित राष्ट्रपति ट्रम्पले कार्यभार समालेपछि पनि नेपाल र नेपालीप्रति अप्ठेरो नपर्ने प्रष्ट पारेको जानकारी  निजी सचिबालयले  दिएको छ । अन्नपूर्ण पोस्टले प्रेषित गरेको समाचारअनुसार अमेरिकामा अहिले करिब पाँच लाख नेपाली बसोबास गरिरहेका छन् । ती नेपालीहरू पढाइ र कामका सिलसिलामा रहेका र कतिपय अवैधरूपमा पनि बसिरहेका छन् । ट्रम्पले आफ्नो निर्वाचन अभियानको क्रममा अवैध रूपमा बसेका सबै आप्रवासीलाई तुरुन्तै देश निकाला गर्ने घोषणा गरेका थिए । प्रधानमन्त्री दाहालका विदेश मामला सल्लाहकार ऋषि अधिकारीलाई उद्धृत गर्दै आज अन्नपूर्ण पोस्टले प्रप्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस