इण्डोनेसियामा शक्तिशाली भूकम्प,१० जनाको मृत्यु

0
29

इण्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी १० जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार विहान ७ बजे ६.४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्र चर्चित पर्यटकीय क्षेत्र लोमबोक रहेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । भूकम्पका कारण धेरै घरमा क्षति पुगेको छ भने थुप्रै मानिस घाइते भएको सरकारी अधिकारीहरुले बताएका छन् । उद्दार कार्य सुरु भएको छ र मृतकको संख्या बढ्ने सक्ने बताइएको छ ।

६० भन्दा बढी साना भूकम्पहरुपछि यो शक्तिशाली भूकम्प गएको हो । यो भूकम्पमा परी सयाैं मानिसहरु घाइते भएका छन् भने दर्जनौं घरहरु भत्किएका छन् । इन्डोनेसियाको सरकारले अहिले आफूहरुको ध्यान उद्धार र मानिसहरुको सुरक्षामा केन्द्रित रहेको बताएको छ । इन्डोनेसियामा ज्वालामुखी र भूकम्पको घटना धेरै हुने गरेका छन् । सन् २०१६ मा पनि इन्डोनेसियामा गएको ६.५ म्याग्निच्युडको भूकम्पमा परी ४० हजारभन्दा बढी मानिसहरुको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस