पाकिस्तानी प्रधानमन्त्री अब्बासी काठमाडौं अवतरण

0
13

पाकिस्तानी प्रधानमन्त्री शाहिद खाकन अब्बासी काठमाडौं ओर्लिएका छन् । अपरान्ह ४ बजेतिर उनी त्रिभुवन अन्तर्रााष्ट्रिय विमान स्थल ओर्लिएका हुन् । पाकिस्तानी सेनाको पाकिस्तान एयर फोर्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका प्रधानमन्त्री अब्बासीलाई अर्थ मन्त्री डा. युवराज खतिवडाले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका छन् ।  प्रधानमन्त्री अब्बासीको सम्मानमा सोमबार सैनिकमञ्च टुँडिखेलमा नेपाली सेनाको टोलीले ‘गार्ड अफ अनर’ प्रदान गर्नेछ । साँझ साढे ५ बजे गार्ड अफ अनरको समय निर्धारण गरिएको छ ।

अब्बासी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन नेपाल आएका हुन् । उनको भ्रमणलाई राजकीय भ्रमण भनिएको छ । पहिले अन्तर्राष्ट्रिय विमानस्थलमै सम्मान दिने गरिएकोमा यो पल्ट पाहुनालाई विमानस्थलबाट भित्र्याइसकेर ‘गार्ड अफ अनर’ दिइने भएको छ । नयाँ संविधान अनुरुप गठित नयाँ सरकारले पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणबाटै सम्मानको परम्परा फेर्न लागेको हो ।

पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई सैनिक मञ्च टुँडिखेलमा ‘गार्ड अफ अनर’ दिइने छ । नेपाली सेनाको टुकडीले उहाँलाई सैनिकमञ्चमा सलामी अर्पण गर्ने छ । सैनिक मञ्च टुँडिखेलमा ‘गार्ड अफ अनर’ दिएपछि अब्बासी र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा भेट हुनेछ । भेटमा दुई देशको सम्बन्ध, सार्कको स्थगित सम्मेलन र विकासका क्षेत्रमा हुनसक्ने साझेदारीबारे छलफल हुने श्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस