दक्षिण कोरिया सोन्सिकको अध्यक्षमा बिजय बस्नेत

0
14

अगस्त १९-२० मा थेगु स्थित यंगनाम बिस्वविधालयमा आयोजना भएको सोनसिकको १४औ बार्षिक साधारण सभामा आफ्ना निकटतम प्रतिद्दन्दी केशब थापालाई पराजित गरि विजय बस्नेत आगामी कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।

त्यसै गरि सचिवमा प्रक्षित निरौला निर्बिरोध निर्वाचित भएका छन् । सोनसिक १३औ कार्यसमितिका सभापति श्रीमती आरजना श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा कोरियाका लागि नेपाली राजदुत महामहिम श्री अर्जुन जंग बहादुर सिंह प्रमुख अतिथि तथा ग्यंगसान सहरका मेयर र यंगनाम विश्वबिद्यालयका अध्यक्षको बिशेष अतिथिका रुपमा उपस्थित भएका थिए । उक्त साधारण सभामा कोरिया भरिका करिव ३५० बिद्यार्थी, प्राध्यापक, अनुशंधानकर्ता, पत्रकार लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि उपस्थित थिए । उक्त अवसरमा नेपाली दिदिबहिनिहरुको महान चाड तीजको लागि दर खाने कार्यक्रम तथा नाचगानको कार्यक्रम पनि आयोजना गरिएको थियो ।

कार्यक्रममा सोनसिकको बार्षिक गतिबिधिबारे जानकारी गराइनुको साथै बार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पनि पेश गरिएको थियो । सोनसिकले कोरियामा छरिएर रहेका नेपाली विद्यार्थीहरुलाई एकताबद्ध गर्न ठुलो भूमिका खेल्दै आएको छ । सोनसिकले आयोजना गर्ने विभिन्न शैक्षिक, सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरु मध्ये बार्षिक साधारण सभा सबैभन्दा ठुलो कार्यक्रमको रुपमा आयोजना गरिदै आएको छ । उक्त कार्यक्रममा बर्षदिनमा कम्तिमा एकपल्ट सबैले एक अर्कालाई भेटघाट तथा रमाइलो गर्ने, र सोनसिकको बार्षिक गतिबिधि, आर्थिक विवरण बारे जानकारी दिन, तथा आगामी दिनमा सोनसिकलाइ थप उचाइमा पुर्याउन विचार राख्ने, साथै एउटा राम्रो कार्य समितिलाइ सोनसिक को जिम्मेवारी हस्तान्तरण गरिदै आएको छ l

निर्बाचित नयाँ  कार्य समितीको नामावली (नामावली सहित) अध्यक्ष :बिजय बस्नेत उपाध्यक्ष :अन्जना सिलवाल (अधिकारी ) :सकिन श्रेष्ठ :ज्योति श्रेष्ठ :मिलन गौतम सचिव :प्रक्षित निरौला सहसचिव :प्रकाश जंग पाण्डे कोषाध्यक्ष :रौनक जंग पाण्डे सदस्यहरू: बिष्णु माया खरेल , रुपेश कँडेल , अरुन गुप्ता , टङ्किङ् बास्तोला, सुमन भण्डारी रहेका छन l

प्रतिक्रिया दिनुहोस