नेबिसंघ अध्यक्ष महर र अखिल अध्यक्ष लामाले भने बिद्यार्थी सँगठनको पहिलो कर्तब्य बिद्यार्थीको समस्या समाधान गर्नु हो

0
87

nabina-3 nabina-lama-4भारत भ्रमणमा रहेका नेपालका प्रमुख बिद्यार्थी सँगठनका अध्यक्षहरुले बिद्यार्थी संगठनको पहिलो कार्य भनेको बिद्यार्थी हरुको समस्या समाधान गर्नु रहिको बताएका छन्। भारतको राजाधानी दिल्ली स्थित नेपाली राजादुताबासमा भारतका लागि नेपाली राजादुत दिप कुमार उपाध्यायको बिशेष उपस्थीतिमा भएको भारतमा बस्ने नेपाली बिद्यार्थीहरुको समस्या र समाधानका बारेमा अन्तरक्रिया कार्यक्रममा सोकुरा बताएका हुन्।

कार्यक्रममा बोल्दै नेपाल बिद्यार्थी संघ केन्द्रिय अध्यक्ष नैनसिंह महरले नेपालको राजनैतिक परिवर्तनमा प्रबासी भरतमा अध्यायन गर्ने बिद्यार्थीहरुले ठुलो भूमिका खेलेको बताउदै, अब पनि भारतमा रहेका नेपाली बिद्यार्थीहरुले नेपालको राजनैतीक परिवर्तनको साछी बन्ने गरी कार्य गर्न आग्रह गर्नु भयो। भारतमा नेपाली बिद्यार्थीहरुले धेरै दु:ख पाएको हुँदा एक अर्कालाई सहयोग गरेर अगाडि बढ्न आग्रह गर्नु भयो । कार्यक्रममा बोल्दै अखिल अध्यक्ष नबिना लामाले भारतमा अध्ययनरत बिद्यार्थीहरुलाई नेपाल-भारतको राजनैतिक, सास्कृतिक सामाजिक तथा धार्मिक पुलको रुपमा कार्य गर्न अनुरोध गरदै, नेपालका बिद्यार्थी संगठनको जिम्वेवारी नेपाल भित्र नभएर नेपाल बाहिर पनि रहेकाले भारतमा रहेका नेपाली संगठनका साखा कार्यसमितिले बिसिस्ठ जिम्बेवारी महसुस गरी कार्य गर्न अनुरोध गर्नु भयो। manisha-dilli

नेपाल बिद्यार्थी संघ भारतले आयोजना गरेको सो कार्यक्रममा नेपाली राजदुत दिपकुमार उपाध्यायले नेपाली राजदुताबास भारतमा बस्ने हरेक नेपालीको अभिभावक रहेको हुँदा कुनै समस्या परेमा निर्धक्क समस्या बताउन आग्रह गर्दै हरपल नेपाली बिद्यार्थीहरुको समस्या समाधान गर्न नेपाली राजदुतावास तयार रहेको कुरा बताउनु भयो। कार्यक्रम नेबिसंघ भारतका कार्यवहाँक अध्यक्ष मनिषा अर्यालको अध्यक्षतामा सम्पन्न बएको थियो भने बिभिन्न नेपाली बिद्यार्थी संगठनका भारतका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो। नेबिसंघ अध्यक्ष महर भरतको बिभिन्न कार्यक्रम सकी आजै बेलुका नेपाल फर्कने कार्यक्रम रहेको नेबिसंघका प्रेस सम्योजक उमेश भट्टराईले बताउनु भयो। 

 

प्रतिक्रिया दिनुहोस