अध्यक्ष महरसँग नेपाली बिद्यार्थीहरुको सिड्नीमा अन्तरक्रिया

0
67

सप्ताहब्यापी अष्ट्रेलिया भ्रमणमा रहनुभएका नेपाल बिद्यार्थी संघका अध्यक्ष नैनसिंह महर र त्यहा अध्ययनरत नेपाली बिद्यार्थीहरु बिच सिड्नीमा अन्तरक्रिया भएको छ । गैर आवसिय नेपाली महासंघको आयोजनामा भएको नेपाल फेस्टिवलको लागि एनआरएन अस्ट्रेलियाको निमन्त्रणामा  पर्यटनमन्त्री जीवनबहादुर शाहीको भ्रमण दलमा सहभागी महर केही दिनदेखि उहाँसँगै अष्ट्रेलियाको भ्रमणमा हुनु हुन्छ ।nain-singh-mahar-11

मंगलबार सिड्नीमा भएको अन्तरक्रिया यहाँका बिभिन्न बिश्वबिद्यालयमा अध्ययतरत नेपाली बिद्यार्थीहरुले नेपाली बिद्यार्थीको अबस्था र यहाँको शैक्षिक प्रणालीबारे अध्यक्ष महरलाई जानकारी दिएको  कुरा नेबिसंघका प्रेस सम्योजक उमेश भट्टराईले हाम्रो सेरोफेरोलाई बताउनु भयो सो अबसरमा युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीका काउन्सिल मेम्बर बिजय सापकोटाले नेपाली बिद्यार्थीको अबस्थाबारे जानकारी गराएका थिए ।

अन्तरक्रिया कार्यक्रममा एनआरएन अष्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसी, नेपाल अष्ट्रेलिया डेमोक्रेटिक फोरमका अध्यक्ष कोमल पाठक, सचिव किरण बराल, एनआरएन न्यू साउथ वेल्सका उपसंयोजक प्रकाश खरेल लगागतले आ-आफ्नो धारणा राखेका थिए । 

प्रतिक्रिया दिनुहोस