पर्यटनमन्त्री शाहीद्वारा काठमान्डौ बाटै भिसा प्रकृयाको ब्यवस्था गर्न आग्रह

0
57

सप्ताहब्यापी अष्ट्रेलिया भ्रमणमा रहनुभएका नेपालका पर्यटन ,सस्कृती तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले अष्ट्रेलियाको लेवर पार्टीका नेता एवं नागरिकता तथा बहुसांस्कृतिक मामिलासम्बन्धी छायाँमन्त्री टोनी बुर्केसँग भेटवार्ता गर्नुभएको छ । मंगलबार बिहान सिडनी स्थित उहाँकै कार्यकक्षमा भएको भेटवार्तामा छायाँमन्त्री बुर्केले भूकम्पपछि नेपालको पुनःनिर्माण र पर्यटकीय संरचना सुधारमा भइरहेको प्रयासबारे चासो राख्नुभएको थियो ।भेटमा सहभागी नेपाल बिद्यार्थी संघका अध्यक्ष नैनसिंह महरका अनुसार मन्त्री बुर्केले अष्ट्रेलियामा रहेको नेपाली समुदायको सवैभन्दा छिटो बृद्धि भइरहेको समुदाय भन्दै प्रसंसा गर्नुभयो । यहाँको विकाश र अर्थतन्त्रमा नेपाली समुदायले राम्रो योगदान पुर्‍याएको बताउनुभएको थियो । साथै मन्त्री बुर्केले छुट्टी मनाउन आफु परिवार सहीत नेपाल भ्रमण गर्न मन रहेको समेत  अध्यक्ष नैनसिंह महरले हाम्रो सेरोफेरोलाई  बताउनुभयो ।

पर्यटन ,स्कृती तथा नागरिक उड्डयनमन्त्री शाहीले भूकम्पपछिको पुनःनिर्माणका लागि सरकारले प्रयास गरिरहेको उल्लेख गर्दै त्यसमा भइरहेका प्रगतिबारे जानकारी गराउनुभएको थियो । भूकम्पका कारण क्षतिग्रस्त पुराना सम्पदाको पुनःनिर्माण पनि तिब्र गतिमा भइरहेको भन्दै उहाँले पर्यटन पूर्वाधार निर्माण सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभयो । साथै उहाँले नेपालको विकाशमा अष्ट्रेलियाले पुर्‍याएको योगदानको प्रसंसा गर्नुभयो । नेपालमा राज्दुतावास भएर पनि भिसाको लागि दिल्लीको भर पर्नु परेकोले समय धेरै लाग्ने गरेकोले काठमान्डौ बाटै भिसा प्रकृयाको ब्यवस्था गर्न आग्रह गर्नु भयो। भेटमा नेबिसंघ अध्यक्ष महरले मन्त्री समक्ष नेपाली बिद्यार्थीहरुले अस्ट्रेलियामा भोग्नु परेको समस्याका बारेमा अवगत गराउदै समस्या समाधान गर्न पहल गरिदिन आग्रह गर्नु भयो । 3

भेटमा गैरआवासीय नेपाली संघका अगुवाहरु पनि सहभागी थिए । एनआरएन संरक्षक इन्द्रा बनले नेपाली बिद्यार्थीहरुले अष्ट्रेलियाको अर्थतन्त्रमा पुर्‍याएको योगदानको चर्चा गर्दै नेपाललाई दिइने विकाश सहयोग घटेको चिन्ता ब्यक्त गर्नुभयो ।

jiwan-bahadur-shahi-sydney-2

भेटमा गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल,नेपाल बिद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, ओसनियाका संयोजक महेन्द्र लम्साल, एनआरएन अष्ट्रेलियाका सदस्य विवेक थापा, पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस