भारतीय पूर्वप्रधानमन्त्री स्वर्गीय अटल बिहारी वाजपेयीको आज अपराह्न ४ बजे अन्त्येष्टि गरिने भएको छ । ९३ वर्षका उमेरमा बिहीबार निधन भएका वाजपेयीको पार्थिव शरीर बिहीबार रातभर उनको कृष्ण मेनन मार्गस्थित निवासमा राखिएको थियो । श्रदाञ्जलीका लागि बिहान ९ बजे उनको पार्थिव शरीर भारतीय जनता पार्टीको मुख्यालयमा राखिएको छ ।...
एकजना धर्मगुरुले एक सात वर्षीया बालिकालाई बलात्कार गरे । अर्का धर्मगुरुले नौ वर्षका बालकलाई मुखमैथुन गर्न बाध्य तुल्याए र ती बालकको मुख शुद्ध बनाउन पवित्र पानी छर्किए । अमेरिकाको पेन्सिलभेनियास्थित रोमन क्याथोलिक चर्चका करिब ३ सय धर्मगुरुबाट पीडित यी केही प्रतिनिधि बालबालिका मात्र हुन्। संसारभर चर्चा पाएको र मङ्गलबार...
संयुक्त अरब इमिरेट्स युएई सरकारले आफ्नो देशमा अवैध रूपमा बसेका विदेशी नागरिकको सहजताको लागि आज अगस्ट १ बाट तीन महिनासम्मका लागि आम माफी दिएको छ । नेपाली दूतावासले यो आममाफीको सक्दो उपयोग गर्न आफ्ना नागरिकलाई आग्रह गरेको छ । आममाफी लागू भएपछि अब बिनाभिसा लुकीछिपी युएईमा रहेका जुनसुकै देशका नागरिकले...
इण्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी १० जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार विहान ७ बजे ६.४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्र चर्चित पर्यटकीय क्षेत्र लोमबोक रहेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । भूकम्पका कारण धेरै घरमा क्षति पुगेको छ भने थुप्रै मानिस घाइते भएको सरकारी...
दुई हप्तादेखि थाइल्याण्डमा गुफामा फसेका १३ जनाको सकुशल उद्दार भएको छ । मंगलबारसम्म सबै १२ बालक र उनीहरुको फुटबल प्रशिक्षकको उद्दार भएको थाई अधिकारीहरुले जानकारी दिएका छन् ।गत जुन २३ देखि गुफाभित्र फसेका १२ बालक र उनीहरूका फुटबल प्रशिक्षक कहाँ छन् भन्ने कुरा हराएको नौ दिनपछि मात्र पत्ता लागेको...
दक्षिण कोरियाले ऐतिहासिक जित हात पार्दा साविकको विजेता जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । कोरियाले २ गोल जर्मनीमाथी बर्षाउदा जर्मनी भने समुह चरण बाटै घर फर्कन वाध्य भएको छ । ४ पटकको विश्वविजेता जर्मनीलाई बराबरीमा रोक्दै अन्तिम १६ मा जानबाट दक्षिण कोरियाले रोकेको छ। इन्जुरी टाइममा कोरियाले २...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष ६ मुस्लिमसहित विभिन्न ८ राष्ट्रलाई अमेरिका प्रवेशमा लगाएको प्रतिबन्ध त्यहाँको सर्वोच्च अदालतले सदर गरेको छ । ट्रम्पले गत वर्ष मुसलमान बहुल ६ देशसहित  ८ देश सिरिया, लिबिया, इरान, यमन, चाड, सोमालिया, उत्तर कोरिया र भेनेजुएलाका नागरिकहरूलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए । यो...
रिसेप तैयेप अर्दोगान टर्कीको राष्ट्रपतिमा लगातार दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । पहिलो चरणको निर्वाचनमै अर्दोगानले ५२.५ प्रतिशत मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन । उनका निकटतम् प्रतिद्वन्द्वी मुहर्रम इन्चेले ३०.७ प्रतिशत मत मात्र प्राप्त गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । चार जना उम्मेदवारमध्ये डेमिराट्सले ८.३...
अफगानिस्तानका सुरक्षाकर्मी र तालिवान लडाकुहरुले मिलेर ईद मनाएका छन् । उनीहरुले एकअर्कालाई अंगालो हाले, शुभकामना दिए र सँगै तस्वीर पनि खिचाए । एकअर्काविरुद्ध युद्ध छेडेकाहरुले आत्मियता साटासाट गरेको पूर्वी अफगानिस्तानको यो दृष्य निकै दुर्लभ मानिएको छ । अफगानिस्तानको सबैभन्दा ठूलो आतंकवादी संगठन तालिवानका लडाकुहरुले रकेट लन्चरसहितका हतियार बोकेका थिए ।...
अमेरिका र उत्तर कोरियाका नेताहरूबीच सिंगापुरमा भएको ऐतिहासिक शिखर वार्ता अपेक्षा गरिएभन्दा सफल भएको मानिएको छ । कुनै समय असम्भव मानिएको जुन १२ को वार्ता आज सफलतापूर्वक सम्पन्न गराएर उत्तर कोरिया र अमेरिकाले नयाँ सम्बन्धको सुरुवात गर्ने प्रतिबद्धता जनाएका छन् । सिंगापुरमा सन् २०१८ को जुन १२ मा हुने...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियका सर्वोच्च नेता किम जोन उनको बीचमा जुन १२ मा हुन गइरहेको सम्मेलनको सुरक्षा सिँगापुरको गोर्खाजले दिने भएको छ । समाचारमा बताइएअनुसार खुकुरी र राइफलसहित नेपाली गोर्खा सैनिकले सो बैठकमा सुरक्षा दिनेछन् । दुवै मुलुकका नेताहरु आफ्नो व्यक्तिगत सुरक्षासहित सो सम्मेलनमा भाग लिन पुग्नेछन्...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको राजकीय भ्रमणको कार्यक्रमलाई सरकारले स्वीकृत गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । भारतीय प्रधानमन्त्री मोदी यही वैशाख २८ र २९ गते नेपालको...
उत्तर कोरियाका नेता किम जोंग उन दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनसँग ऐतिहासिक शिखर वार्ताका लागि दक्षिण कोरिया पुगेका छन् ।सन् १९५३ मा कोरियाली युद्धपछि जब कोरियाली प्रायद्वीप दुई भागमा बाँडिएका थिए दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने किम जोंग उन पहिलो उत्तर कोरियाली नेता बनेका छन् । दक्षिण कोरियाली राष्ट्रपति...
नेपाल, भारत, बंगलादेश र भुटानबीच चारदेशीय सीधा बस यातायात सेवा सञ्चालनका लागि बंगलादेशको राजधानी ढाकाबाट छुटेका दुई यात्रुबाहक बस आज नेपाल प्रवेश गरेको छ। बंगलादेशको श्यामोली परिवहनका दुईवटा बस आज मध्यान्ह काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका हुन्। ढाकाबाट वैशाख १० गते छुटेका ती बस आजै बिहान बंगलाबन्ध–फूलवारी मार्ग हुँदै...
सन् २०१५मा नेपालमा आएको भुकम्प प्रभावितहरुलाई अस्थायी रुपमा अमेरिका बस्न दिने सुविधामा कटौती गर्दै करिब ९ हजार नेपालीलाई फर्जकाउने तयारी भएको अमेरिकी आन्तरिक सुरक्षा मन्त्रालयलाई उदृत गर्दै वाशिङटनपोष्टले समाचार बनाएको छ। कुनै पनि अरु देशमा प्राकृतिक प्रकोप, आतंकवाद वा अन्य उक्त देशमा बस्न नसक्ने स्थितीमा अमेरिकाले अस्थायी रुपमा बस्न...
अमेरिकी राज्य टेनेसीको न्यासभिल शहरको बाहिरी क्षेत्रमा गोलीबारी भएको छ । बन्दुक बोकेका एक नग्न व्यक्तिले रेष्टुरेन्टमा गोलीबारी गर्दा चारको मृत्यु भएको छ । बीबीसीका अनुसार, ती व्यक्ति स्थानीय समयानुसार बिहान तीन बजेर २५ मिनेटमा न्यासभिलको दक्षिण–पूर्वी उपनगर एनिटोचको व्याफले हाउसमा छिरे । र, सेमी अटोमेटिक राइफलद्वारा गोलीबारी सुरु...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाली नयाँ वर्ष २०७५ को उपलक्षमा शुभकामना व्यक्त गरेका छन् । वासिंगटन डीसी राज्यका कार्यकारी सचिव जोन जे सुलिभनले राष्ट्रपति ट्रम्प र अमेरिकी जनताको तर्फबाट बिहीबार एक विज्ञप्ति जारी गर्दै विश्वभर रहेका नेपालीलाई नयाँ वर्षकाे शुभकामना व्यक्त गरेका हुन् । शान्ति प्रक्रियाको चरणमा नेपालले हासिल गरेका...
प्रधानमन्त्री केपी शर्मा ओली भारतको ३ दिने राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्कंदै छन् । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार नेपाल बायुसेवा निगमको विमानबाट प्रधानमन्त्री साँझ सात बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ५४ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शुक्रबार...
भुटानकी महारानी आसी साङदे छोदेङ्ग वाङचुकले शुक्रबार अकास्मत प्राचिन कपिलवुतुमा रहेको ३ महत्वुपुर्ण बुद्धस्थलको बुद्धस्थलको अवलोकन भ्रमण गरेकी छन् । महारानीसँग ९ सदस्यीय टोली भुटानबाट नेपाल आएको छ ।महारानीसंगै आएकी राजकुमारी सहीतको टोलीले प्रचिन कपिलवस्तु स्थित बुद्ध स्थल निग्रचाधराम कुदान, तिलौराकोट र निगालीकोटको अवलोकन गरेका हुन । त्यस अघि...
भारतको सर्वोच्च अदालतले ‘इच्छा मरण’लाई सशर्त मान्यता दिने फैसला शुक्रबार सुनाएको छ। आफ्नो उपचार नगराउन पाउने र आफ्नो उपचार कसरी गराउने भन्ने अधिकार विरामीको भएकाले इच्छामरण गर्न पाउने फैसला सुनाएको हो। सर्वोच्च अदालतले स्थायी रुपमै निस्क्रिय हुने र केही बताउन नसक्ने अवस्थाको विरामीले इच्छामरणका लागि पहिले नै आफन्त मार्फत् अनुमति...