सशानले कसलाई भने “जाने भए जाउ” (भिडियो सहित)

0
19

नेपाल गीत संगीतमा लामो समय देखि गीत गायनमा गायकमा आफुलाई चिनाउदै आएका अनि पछिल्लो समय आफुलाई कुशल भिडियो निर्देशक भनेर चिनाउन सकेका सफल गायक तथा भिडियो निर्देशक हुन् सशान कडेल ।

साहारा एल्बममा सामाबेश गरिएको यिनै कंडेलको स्वर/शब्द अनि संगीतमा रहेको नयाँ गीत “जाने भए जाउ” सार्बजनिक भएको छ भने गीतमा बिकाश भुजेलको संगीत संयोजन रहेको छ ।

अस्ट्रेलियाको विभिन्न रमणीय स्थानमा छायांकन गरिएको यस भिडियोमा अस्ट्रेलियामै बसेर मोडलिङमा फरक नाम बनाएका मोडल राजु कानले निर्देशन गरेका हुन् ।

भिडियोमा सुदिप बिष्ट/कृष्ण सुबेदी अनि मुकेश हुमागाईंको छायांकन संगै निशान घिमिरेको सम्पादन रहेको छ भिडियोमा भानु बराल, दिनेश कार्की तथा प्रतिभा महर्जनको उत्कृष्ट अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस