संगीतकार आफै मोडल बनेगायक राजेश पायलको “झ्याउरे तालमा” को हुन् त (हेरौ भिडियो )

0
8

नेपालि गीत संगीतमा लामो समय देखि अनवरत रुपमा लागिरहेका संगीतकार तथा गीतकार राज खड्काको शब्द संगीतमा रहेको नयाँ गीत “झ्याउरे तालमा” सार्बजनिक भएको छ ।
बिनय केटुको एरेन्ज रहेको गीतमा राजेश पायल राईको आवाज रहेको छ ।

यसै गरि गीतको भिडियो पनि सार्बजनिक भएको छ भिडियोमा राज, अनुजा, अनिल, कविता, अडान अनि दीपिकाको अभिनय रहेको छ ।

राजिव समरको कोरियोग्राफी रहेको भिडियो लाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् भने बिकाश धमलाले सम्पादन गरेका हुन् ।

हेमा दाहालको प्रस्तुति रहेको भिडियोमा प्रकाश धितालको निर्देशन रहेको छ भने अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेको छ ।