अंकितको “ति रात हरु” (भिडियो सहित)

0
7

दाङ्ग ०६ टारिगाऊ जन्मेर सानै देखि गीत संगीतमा आफ्नो रुचि राख्दै आएका अनि युबराज न्यौपाने र अनिता न्यौपानेको कोख बाट जन्मिएका अनि गीत संगीत लाइ असाध्यै रुचाउने समधुर आवाज भएका गायक हुन् अंकित न्यौपाने ।
श्री राप्ती विद्या मन्दिर तुल्सीपुर दाङ्गमा पढी २०६१ सालमा काठमाण्डौमा आफ्नो थप पढाई लाई आगाडी बढाउन आएका गायकले चण्डी प्रसाद काफ्ले बाट संगीतको शिक्षा लिएका थिए ।

न्यौपानेको आफ्नै प्रस्तुति रहेको यो गीत ‘ती रातहरु’मा मधुरिपूको शब्द, आशिष अविरलको संगीत संयोजन रहेको छ ।

सार्बजनिक यो गीतको डुओईट कभर गीत प्रतियोगिता हुने भएको छ । १० उत्कृष्ट गीत लाई छनौट गरि बिजेतालाई रु. दस हजार पुरस्कार प्रदान संग संगै डुओईट अडियो गीत पनि निर्माण गर्ने बताईएको छ ।

यो गीतको भिडियोमा निर्मला दाहालको मेकअप, उत्सव दाहालको छायांकन अनि निशान घिमिरे सम्पादन, युवराज वाईवाको निर्देशनमा जेबिका कार्की अनि आकाश श्रेष्ठको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस