पल पल चोट सहदै सनम

0
7

सुगम संगीतमा पछिल्लो समय अत्यन्तै आश गरिएको “पल पल चोट” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा युवा पुस्ताका चर्चित गायक युवराज चौलागाईंको स्वरमा सजिएको अनि राजकुमार बगरको उत्कृष्ट संगीत सुन्न सकिन्छ भने शब्द मनोज गुरुङको रहेको छ।
एभरेस्ट ग्यालरीले बजार ब्यवस्थापन गरेको उक्त गीत म्युजिक भिडियो पनि निकै उत्कृष्ट बनेको छ । राधाकृष्ण आचार्यको निर्देशनमा प्रसिद्ध मोडल सनम कठायतको साथमा चन्द्रा र सन्तोषको अभियान रहेको छ । उत्सव दाहालको छायांकन र टेकेन्द्र शाहको सम्पादनमा तयार भएको उक्त भिडियो अहिले चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस