यम बुद्धको मृतुको रहस्य खुल्यो

0
17

चर्चित युवा गायक एवं र्‍यापर यम बुद्ध (अनिल अधिकारी) को शव  शनिबार नेपाल ल्याइएको छ। लन्डनबाट ल्याइएको उनको शव त्रिभुवन विमानस्थलबाट श्रद्धाञ्जली कार्यक्रमका लागि नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी लगिएको थियो। त्यसपछि उनको अन्त्येष्टीका लागि पशुपति लगिएको छ।गत माघ १ गते लन्डनमा आफ्नै निवासको बाथरुममा आत्महत्या गरेका २९ वर्षीय अधिकारी आफ्नी पत्नीसँग बस्दै आएका थिए। साथी तथा आमा जस्ता गीतका लागि चर्चित रहेका अधिकारी पछिल्लो समय खतराएल्बम निकाल्ने तयारीमा थिए।  परिवारको पहलमा उनको शव शनिबार इत्तेहाद एयरको विमानबाट उनको शव काठमाडौं ल्याइएको थियो ।मृत्तुको रहस्य अहिले सम्म पत्ता लागेको छैन । 

उनको शव राखिएको कफन (बाकस) देख्नासाथ आफन्त भावविहृवल भएका थिए ।त्यहाँको अवस्था पनि शोकाकुल रहृयो । छोराको शव देख्नासाथ उनकी आमा मुर्छित भएकी थिइन् भने धेरैका आँखा रसाएका थिए

प्रतिक्रिया दिनुहोस