विना कारण समीरले गाल पाए,रोजालिनको रयाम्बो संग रोमान्स (भिडियो सहित)

0
52

received_1228230717257169काठमान्डौ- पौष – १३   , गत महीना मात्र चट्ट सलाम छ बोलको देउडा गीत ल्याएर सांगीतिक बजार तताईरहेका समीरले फेरी अर्को दमदार गीत लिएर आएका छन । राजुबाबु श्रेष्ठको शब्द,अनिस श्रेष्ठको संगीत र समीर आचार्यको स्वर रहेको बल्ल चाल पाएँ बोलको गीतको म्यूजिक भिडियो यहि साता सार्वजनीक भएको छ । अष्ट्रेलीयामा बसोबास गर्दै आएका अहिलेका निकै नै ब्यस्त निर्देशक जीवन रसायलीले निर्देशन गरेको भिडियोमा र्याम्बो अधिकारी र रोजालीन बसुको अन स्क्रीन रोमान्स देख्न सकीन्छ । अष्ट्रेलीयाका विभीन्न ठाउँहरुमा छायांकन गरीएको भिडियोमा आधुनिक पहिरनका साथै नेपाली भेष भुषामा पनि सजीएर रमाईलो गरेको देख्न सकिन्छ । यस भिडियोमा र्याम्बो र रोजालीनको उत्कृट प्रस्तुतीका साथै समीर आफैको पनि स्क्रीन फीचर निकै राम्रो भएको छ । आठ वर्षको अष्ट्रेलीयाको बसाईका क्रममा त्यहाँबाटै नेपाली संगीतमा एक पछि अर्काे हिट गीत बजारमा ल्याईरहेका समीर यो गीत पनि श्रोता दर्शकहरुले मन पराईदिनेमा ढुक्क छन ।

भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गरौ