चलचित्र वितरकहरुको संस्था नेपाल चलचित्र संघको अध्यक्षमा प्रदिपकुमार उदय सर्वसम्मत च

0
11

चलचित्र वितरकहरुको संस्था नेपाल चलचित्र संघको अध्यक्षमा प्रदिपकुमार उदय सर्वसम्मत चयन भएका छन् ।हेटौडामा सम्पन्न संघको ४४ औं वार्षिक साधारण सभाले उदयलाई अध्यक्षमा निर्विरोध चयन गरेका हो । यस्तै कार्यसमिति सदस्यहरुमा अशोक शर्मा, बीरेन्द्र नारायण श्रेष्ठ, मधुसुधन प्रधान, नरेन्द्र महर्जन, गोपाल कायस्थ चयन भएका छन् । त्यस्तै अर्जुन श्रेष्ठ, मदनमान बज्राचार्य, विक्रम पराजुली, कपिल द्धा, राजिककुमार शाह, निराज पोखरेल, नारायणप्रसाद आचार्य र ओम जैसी कार्यसमिती सदस्य छनौट भएका छन् ।

यसरी चयन भएका सदस्यहरुबाटै केही दिनपछि उपाध्यक्ष सहित बाँकी पदाधिकारीको घोषणा गरिने नव निर्वाचित अध्यक्ष उदयले बताए ।यस्तै संघको पूर्वाञ्चल क्षेत्र अन्तर्गत सभापतिमा चैतन्य बराल र सचिबमा परशुराम चौधरी चयन भएका छन् । बर्तमान अध्यक्ष नकिम उद्दिनले बैशाखदेखि प्रदीप कुमार उदयको नयाँ कार्यसमितिलाई कार्यभार सुम्पने जानकारी कार्यक्रममा गराए ।संघको ४४ औं वाषिर्क साधारण सभा था  उद्घाटनको प्रमुख अतिथि रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली चलचित्र समय अनुसार परिवर्तन हुँदै जानु पर्ने बताए ।

२०४५ सालमा आफु तात्कालिन सञ्चारमन्त्री हुँदा वर्षमा एउटा नेपाली सिनेमा बन्ने गरेको अध्यक्ष थापाले बताए चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले सिनेमा हल समय अनुसार सुधार हुन नसकेको भन्दै मोफसलका फिल्म हलमा नेपाली चलचित्र चल्न छाडेको बताए ।चलचित्र संघका अध्यक्ष नकिम उद्दिनले नेपाली चलचित्र डिजटल प्रविधीमा गएपछि नेपाली फिल्मले ८० प्रतिसत भन्दा बढी नेपाली बजार ओगट्न सफल भएको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस