नायिका रेखा थापा राप्रपा प्रवेश

0
31

नेपालकी चर्चित नायिका रेखा थापाले सोमबार कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीमा rekha-raprapa गरेकी छिन् । थापाले यसअघि आफूले माओवादी पार्टीको सदस्यता नलिएको समेत स्पष्टीकरण दिइन् ।

रेखालाई आज इन्द्रेणी फुडल्याण्डमा राप्रपा अध्यक्ष कमल थापाले पार्टी प्रवेशको पत्र र माला लगाएर स्वागत गरेका थिए । यसपछि, पार्टीका अन्य सदस्यहरुले रेखालाई माला लगाइदिएका थिए । नेपालको राष्ट्रिय झण्डा र राप्रपाको झण्डा ओढेर मर्न चाहेको बताएकी  रेखाका साथमा उनकी आमा सरस्वती थापा पनि राप्रपामा प्रवेश गरेकी छिन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नायिका रेखाले आफू हिन्दु नारी भएकाले गर्दा राप्रपा नै आफ्ना लागि उपयुक्त पार्टी भएको बताइन् । रेखाले भनिन्- ‘मेरो पहिलो र अन्तिम पार्टी नै राप्रपा हुनेछ ।’ रेखाले राष्ट्र र राष्ट्रियताका लागि आफूले सम्झौता गर्न नसक्ने पनि बताइन् । उनले आफू हिन्दुवादी नारी भएको बताइन् । उनले आफूले राजनीति बुझेदेखि नै आफूलाई मन पर्ने नेता कमल थापा रहेको र सधैं रहिरहने बताइन् । रेखा थापा २०७० साल जेठ ४ गते एमाले नेतृ उर्मिला अर्यालसहित तत्कालिन एमाओवादीमा प्रवेश गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस