चौबन्दी चोली लिएर आए देब कुमार

0
41

काठमाण्डौ – मङ्सिर १८ , गित संगीतको क्षेत्रमा आफ्नो कला अनि गला लाई भरपुर् प्रस्पोटन गर्नलाई अनि संगीत मै केहि गर्छु भनेर संगीतमा सक्रिए रुपमा लागेका गायक हुन् देब कुमार मगर । मगरले धेरै नै राम्रा राम्रा गितहरु गाउने गर्छन र लामो समय देखि गित संगीतमामा आबद्द हुदै धेरै गित हरु गायका छन् । एक जमानामा एल्बम पनि ल्याएर आइसकेका मगरले आहिले पछिल्लो समय अर्को नया एल्बम “दिल चोरि मोरीले” ल्याएर आएका छन् ।

उनले “तिमि जस्ती राम्री” र “अरुको जस्तै नै मेरो पनि प्रेमिका” गित बाट निकै नै चर्चा कमाई सकेका थिए । यहि क्रमलाई पछ्याउदै पछिल्लो समय पनि आफ्नो एउटा राम्रो गित ‘चौबन्दी चोलीले’को बोलको गित ल्याएर आएका छन् ।

यसै गरि ‘‘चौबन्दी चोली’को म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । दुर्गा सिंजाली मगरको शब्द रहेको यस गीतमा गायक देब कुमार स्वयमको स्वर अनि संगीत रहेको छ । कपुरी‘क’मोसन पिक्र्चसको ब्यानरमा निर्माण गरीएको भिडियोमा पुष्प खड्का र सुप्रिया कटुवालको रोमान्स रहेको छ । भाइब्स डिजिटल नेपाल मार्फत सार्वजनिक गरीएको भिडियोमा उत्सब दाहालको छायांकन , निशान घिमिरेको सम्पादन संगै युबराज वाइबाको निर्देशन रहेको छ ।

भिडियो हेर्न तल लिंकमा क्लिक गरौ

प्रतिक्रिया दिनुहोस