पातली गायिकाको धानको चिउराले एकै दिनमा दर्शक श्रोताको मनमा बास बस्यो ।

0
70

चर्चित लोक तथा दोहोरी गायक कला लम्साल र बद्री पंगेनीको स्वरमा नयाँ लोकदोहोरी गीत धानको चामल धानको चिउरा गीत रिलिज भएको पहिलो दिनमै दर्शक श्रोताको मन जित्न सफल भएको छ । पातली गायिका कला लम्सालले चर्चित एक्सन स्टार नायक निखिल उप्रेती लाइ आफ्नो नया गीतको म्युजिक भिडियोमा खेलाएकी छिन् | धानको चामलमा चर्चित एक्सन नायक निखिल उप्रेतीले कम्मर मर्काएका छन् ।

गीतमा बद्री र कलालाई चन्द्र शर्माले साथ दिएको गीतमा रमेश वि जिको शब्द र तिलक ओलीको संगीत रहेको छ । गीतको म्युजिक भिडियोमा अरुण अशोक कुमारको छायाकंन ,मिलन विश्वकर्माको सम्पादन र शिव विकको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।

भिडियोमा निखिल उप्रेतीसंगै गायिका कला लम्सालकै अभिनय देख्न सकिन्छ ।

सरल र सहज शव्दहरुलाई लयात्मक ढंगले प्रस्तुत गरेको गीतको अडियो भिडियो निर्माणमा उत्कृष्ट र राम्रो क्वालिटी मा तयार हुनु पनि मुख्य आकर्षण भएको छ ।

https://www.youtube.com/watch?v=hgRgYKDUdoQ

 

प्रतिक्रिया दिनुहोस