सुमीको “सोल्टी”मा कमल सिंह अनि श्रेया कार्कीको अभिनय

0
34

गायिका सुमी पराजुलीको आवाजमा रहेको नयाँ गीत “सोल्टी” सार्बजनिक भएको छ । गीतमा गोविन्द प्रसाद उपाध्यायको शब्द रचना रहेको छ भने हरि लम्सालको संगीत रहेको छ भने चन्द्र चौधरीको मिक्सिंग मास्टरिङ्ग रहेको छ ।

गीतको भिडियो पनि निर्माण गरिएको छ । भिडियोमा एउटा चुलबुले केटीको चंचलता लाई प्रस्तुत गरिएको छ । भिडियोमा कमल सिंह अनि श्रेया कार्कीको अभिनय रहेको छ ।

भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने बिकाश दाहालको सम्पादन, सुरेन्द्र बसेलको कोरियोयोग्राफी रहेको छ ।

अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्ट द्वारा बजार ब्यबस्थापन गरिएको एस गीतको भिडियो लिई प्रकाश धितालले निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस