भुवन शर्मा कँडेलको शब्द/रचनामा “फनफनी घुमायो मायाले” सार्बजनिक (भिडियो सहित)

0
139

 

नेपालि गीत संगीतमा आफुलाई आबल बनाउदै आएका कुशल गायक तथा संगीतकार हुन् राजेन्द्र बजगाईं दर्जनै गीत संगीत बाटआफुलाई परिचित बनाउदै आएका बजगाईको नयाँ गीत “फनफनी घुमायो मायाले” म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

बजगाईं र मेलिना राइले गाएको ‘बर्खाको पानी’को चर्चा सेलाउन नपाउँदै बजगाईंले गाएको अर्काे गीत सार्वजनिक भएको हो । बजगाईले ‘झ्याम्मै मायालु’, ‘बर्खाको पानी’, ‘टेन्डर’, ‘झमक झमक’, ‘ट्राफिक जाम’ जस्ता गीतमा श्वर र संगीत पस्केका छन् ।

जनता डिजिटल फिल्मस्ले सार्वजनिक गरेको भुवन शर्मा कँडेलको शब्द रहेको नयाँ गीतलाई केशव बाबुले एरेञ्ज गरेका हुन् । म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन रहेको छ ।

डीआर अधिकारी र जेनेलिया श्रेष्ठले म्यूजिक भिडियोमा अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस