दृष्टिबिहिन सुस्मिता राईको वास्तविक जिवनमा आधारित गित “यो जुनीमा दृष्टिबिना” (भिडियो सहित)

0
173

संगीतकार तथा गीतकार निर प्रसाद गुरुङ्गले एउटा दृष्टिबिहिनको जिबन यात्रामा भोगेका यथार्थ वास्तविक कथामा आधारित गित “यो जुनीमा दृष्टिबिना” सार्वजनिक गरेका छन् । यो गितमा उनै दृष्टिबिहिन गायिका सुस्मिता राईको कर्णप्रिय आवाजले स्वरबद्द गरिकी छिन् भने गीतमा संगीत संयोजन पावल चाम्लिङ्ग राईको रहेको छ।

खोटाङ्ग दुरछिम-४ चुमाखु, हाल हलेसी नगरपालिका- ५ चुमाखु खोटाङमा बसोबास गर्दै आएका सुस्मिता जब उसको उमेर ६ वर्षको हुँदा आफ्नो दुई आखाको ज्योतिनै गुमाएकी थीइन र उमेर बढदै जाने क्रममा पढाई पनि गाउकै स्कुलमा एस. एल. सी. उतिर्ण गरेपछी काठमाण्डौ आएर आफ्नै दाइको साथ बसेर हाल १२ कक्षामा परीक्षा दिएर बसेकी छिन् अनि सुस्मिता लाई सानै उमेर देखिनै संगीतमा रुचि थियो।

बिस्तारै पछि आएर पनि दिया च्यानलको सहयोग मार्फत धेरै एकल गायन गरिसकेका छिन् । सुस्मिता राई लाई पहिलो पटक कार्यक्रमको आयोजना सम्मेलन वरिष्ठ पत्रकार दिपक चाम्लिङ्ग राईले दिया च्यानल मार्फत पर्दामा ल्याएका थिए। त्यही समयको आयोजना कार्यक्रम युटुबमा सङ्गितकार निर प्रसाद गुरुङ्गले हेरेका थिए।

जब दृष्टिबिहिन सुस्मिता राईको गित सुन्दा अन्तर हृदय देखि अतिनै भावुक जाग्यो । उसको जिवानीको बारेमा शब्द कोर्न अति अतुर बन्यो । शब्द तयार भएपछी सङ्गीत पनि भर्न सुरु गरे यहि गित उनै सुस्मिता राई लाईनै आफ्नै जिवानी परिधी भित्र भएकाले उनै राई लाई स्वरबद्द गराउने अठोट गरे अनि गित रिकर्ड गराए।

यस गितको शब्द कोर्दा अति मर्मस्पर्स शब्द भावहरु जुर्न आएकोले आउदो समयमा धेरै राम्रो इज्जत पाउने दाबी गर्छ। यस गितमा मोडेल उर्मिला गुरुङ्ग “पङ्गिलामा” ले एउटा दृष्टिबिहिनको भूमिकामा अब्बल रोल निभाएकी छिन् । यो गीतको छायांकन उत्सव दाहाल, सम्पादनमा निशान घिमिरेको छ भने भिडियो निर्देशन प्रकाश धितालले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस