संचारकर्मी कृष्ण समिप र मुनाले ल्याए “सुन्तलाको बोटमा” बजारमा

0
42

  • adfghfhjनेपाली लोकदोहोरी क्षेत्रमा लामो समय देखि आवाज र कलमको माध्यमबाट निरन्तर अगाडी बढ्दै आएका संचारकर्मी
  • तथा गायक साथै सर्जक कृष्ण समिप सुवेदी र मुना कुमालको आवाजमा अर्को उत्कृष्ट रमाइलो लोकदोहोरी गीत “सुन्तलाको बोटमा”बजारमा आएको छ ।रेडियो पत्रकारिता गर्दै आएका सुबेदी हाल इमेज एफ एम मा कार्यक्रम उकाली ओराली संचालन गरिरहेका छन ।दर्शक श्रोतालाई सधै भगवान मान्ने कृष्णको “सिरसिर बतास” निकै चर्चामा रहयो , त्यस पच्चात धेरै गीतहरु बाजारमा आए ।सबै गीतहरुले लोकप्रियता कमाए संगै यो निकै रमाइलो गीत अहिले धेरै श्रोताको मनमा बसेको छ ।यस गीतमा पनि कृष्ण समिप सुबेदीकै लय /शब्द रहेको छ ।गीतलाई Radhika entertainmemt ले बजार ब्यबस्थापन गरेको छ । गीतमा अभिनय भने सुनिल गुरुङ,पुजा ज्योति र बिरासत सुबेदीले गरेका छन ।राजेश घिमिरेको छायांकनमा तयार गीतको म्युजिक भिडियोको निर्देशन सिर्जन बरालले गरेका हुन् ।टेकेन्द्र शाहको सम्पादनमा तयार म्युजिक भिडियो म्यूजिक नेपालको युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।
    भिडियो हेर्न तल क्लिक गर्नुहोस

प्रतिक्रिया दिनुहोस