पारिवारिक माया प्रेम समेटेर तयार भएको “तिम्रो मेरो” गीत सार्बजनिक

0
30

कुशल गायिका मेलिना राई अनि केबि लामाको आवाजमा रहेको नयाँ गीत “तिम्रो मेरो” सार्बजनिक भएको छ ।

सर्बजनिक गीतमा फणीन्द्र घोलेको शब्द रचना अनि संगीत रहेको छ भने दिनेश न्यौपानेको एरेन्ज रहेको छ ।

यो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । भिडियोलाई उत्सव दाहालले खिचेका छन भने निशान घिमिरेको सम्पादन रहेको छ ।

प्सन मिडिया एन्ड ईन्टरटेन्मेन्टले बजार ब्यबस्थापन गरेको यस भिडियोमा रन्जिता गुरुङ/ किस्मान तामाङ/ अनि शुभेच्छा घोलेको अभिनय रहेको छ l

प्रकाश धितालले निर्देशन गरेको भिडियो एकदमै आकर्षक बनेको छ । पारिवारिक माया भावना समेटेर तयार गरीएको यस भिडियोलाई आम दर्शकले मन पराउने विश्वास लिएकोे बताईएको छ भने भिडियो  प्रति राम्रै प्रतिक्रिया आई रहेको निर्माण पक्ष को दाबी रहेको छ l

प्रतिक्रिया दिनुहोस