“नजाउ रेलिमाई” सार्बजनिक (भिडियो सहित)

0
25

केही समय उता देखि अष्ट्रेलियामा रहदै आएका गायक/संगीतकार तथा गीतकार हुन बिशाल गौतम । बिदेशी भुमिमा रहेर पनि नेपाली गीत संगीत प्रति लगाब भएका गौतमले पछिल्लो समय आफ्नो नयाँ गीत “नजाउ रेलिमाई” सार्बजनिक गरेका छन ।

सार्बजनिक गीतमा गौतमको आफ्नै शव्द रचना तथा संगीत रहेको छ भने उदय राज पौडेलको संगीत सम्योजन संगै प्रकाश केसिको मिक्सिङ मास्टरिङ रहेको छ ।

यसै गरि यो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । निर्माण भएको भिडियो लाई ज्ञानेन्द्र शर्माले खिचेका छन भने पवन सुस्लिङले सम्पादन गरेका छन ।

भिडियोमा भिमफेदि गाईज अनि सृष्टि खड्काको अभिनय रहेको छ भने प्रकाश धितालको निर्देशन रहेको छ । भिडियो लाई अप्सन मिडिया एन्ड ईन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस