निशान घिमिरेको निर्देशन रहेको गीत “तिमी बिना”मा निराजन अनि शृस्टीको अभिनय

0
106

नेपालि सांगीतिक फाटमा आफुलाई लाई सफल गायक भनेर चिनाउन सफल गायक नवराज थापाको आवाजमा रहेको नयाँ गीत “तिमी बिना” सार्बजनिक भएको छ ।

ब्रदर इन्टरटेन्मेण्ट प्रस्तुति रहेको यस आधुनिक गीतमा राज कुमार बगरको शब्द रचना तथा संगीत रहेको छ भने कमल सौरागको संगीत संयोजन रहेको छ ।

यस्तै गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । निर्माण भएको भिडियो अलीक निकै नै रमाइलो तरिकाले निर्माण भएको छ ।

भिडियोमा लामो समय देखि म्युजिक भिडियो सम्पादनका क्षेत्रमा अब्बल मानिदै आउनु भएका म्युजिक भिडियो सम्पादक अनि एक एक कुशल भिडियो निर्देशक निशान घिमिरेको निर्देशनमा यो गीतको भिडियो तयार भएको छ ।

अर्जुन तिवारी टीमको छायांकन रहेको यस भिडियोमा बिकास दाहालको सम्पादन अनि बिमला तामांगको मेकअप रहेको छ भने भिडियोमा निराजन प्रधान अनि शृस्टी खड्काको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस