डाक्टर बिक्रान्त अनि प्रियंकाको आखा जुध्यो रे

0
25

अर्थोपेडिक सर्जन अनि गायक डाक्टर बिक्रान्त मेहेताको नयाँ गीत “तिम्रो आखा मेरो आखा” को म्युजिक भिडियो बजारमा सार्बजनिक भएको छ । गितकार नारायण खरेल र अनि स्वयम् डाक्टर बिक्रान्तको शब्द रचना रहेको यस गीतमा बसन्त सापकोटाको संगित रहेको छ भने गायक बिक्रान्त मेहेताकै आवाज रहेको छ ।

पेशा सँगै गायनमा संक्रिय डा. मेहेताले छोटो समयमानै धेरै चलचित्रका गितमा आफ्नो आवाज दिईसकेका छन् र केहि म्युजिक भिडियोमा अभिनय पनि गरिसकेका छन् केकि अधिकारी, शिल्पा पोखरेलसँग स्क्रिन सेयर गरिसकेका डा. मेहेताले यो पटकको भिडियोमा प्रियंका कार्की संग अभिनय गरेका छन् ।

भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने निशान घिमिरेको सम्पादन संगै अर्जुन अधिकारीले भिडीयोको निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस