निशान घिमिरेले बनाए वास्तविक घटनामा आधारित भिडियो

0
11

यन्स क्बल अफ काठमाडौं बुढानिलकण्डले आयोजना गरेको एक समारोहमा गर्भपतन विरुद्ध आवाज उठाउने शैलीको कथाबस्तुमा आधारित ‘डन्ट किल मि’ गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

‘नमार मलाई, नफाल मलाई कुमारी अवस्थामै गर्भवती भएकी एउटी किशोरीको गर्भमा रहेको शिशुको बाँच्ने चाहनालाई व्यक्त गरिएको यस भिडियोमा निर्देशन निशान घिमिरेले न्याय दिएका छन् र यस गीतमा १३ वर्षीया गायिका प्रेगिशा पौडेलको स्वरमा रहेको छ ।

यस गीतको म्युजिक भिडियोलाई मार्मिक तरिकाले म्युजिक भिडियो निर्म गरिएको छ । गर्भपतनको दर बढिरहेको अवस्थालाई नियन्त्रण गर्न अनि गर्भमा रहेको बच्चाको जीवन सुरक्षित गर्ने अभियानलाई सांगीतिक रुपमा सञ्चालन गर्ने उदेश्यले तयार पारिएको उक्त गीतका नील गुरुङको शब्द रचना, महेश ज्ञवाली संगीत बाल गायिकाको स्वर समाबेश गरिएको हो ।

रुपेश मान अमात्यद्वारा निर्मित यो भिडियो लाई वास्तविक घटनामा आधारित रहेको छ र म्युजिक भिडियोमा निशान घिमिरेको निर्देशन संगै सृष्टि खड्काको अभिनय रहेको छ । साथै भिडियोमा अर्जुन आचार्य तथा सपना थापाले पनि अभिनय गरेका छन् ।

बाबु प्रधानको संगीत संयोजन रहेको गीतमा अर्जुन तिवारी तथा उनको समुहले यसमा छायांकन गरेका छन् भने विकास दाहाल यस भिडियोका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस