“मरिसकेको माया” मा बिनय केटुको संगीत संयोजन

0
22

लामो समय देखि नेपालि सांगीतिक क्षेत्रमा निरन्तर लागिरहेका गायक हुन् सोनाम शेर्पा । यिनै शेर्पाले  करिब ६ बर्ष अगाडी “छाडेर जाने त्यो माया” बोलको गीत बाट निकै चर्चा कमाएका थिए ।

गायक सोनामले अहिले तेस्रो एल्बम “कहानी ३” को सार्बजनिक गरेका छन् यस एल्बम अन्तर्गत ” छाडेर जाने त्यो माया” को भाग २ “मरिसकेको माया” लिएर आएका छन् । आफ्नै शब्द रचना अनि संगीत संगै निकै सुमधुर आवाजमा गीत “मरिसकेको माया” निकै राम्रो बनेको छ ।

गीतमा ब्यस्त गायक अनि एरेन्जर बिनय केटुले संगीत संयोजन गरेका छन् भने भिडियोमा पुष्प खडका अनि छिरिङ्ग डोमा शेर्पाको अभिनय रहेको छ बुद्ध थापाको छायांकन, बिकाश दाहालको सम्पादन रहेको छ भने भिडियोमा निकेश खड्काको निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस