‘मंगोलियन हर्ट’ले ल्यायो नयाँ गीत ”एक जोडी नयन”

0
23

 

नेपालकै पुरानो ब्याण्ड ‘मंगोलियन हर्ट’ले ६ वर्ष पछि आपनो नयाँ एल्बम “भोलुम सेभेन” को नयाँ गीत सार्बजनिक गरेको छ। ”एक जोडी नयन” बोलको उक्त गीतको अडियो तथा भिडियोलाइ भ्यालेनटाइन डे को अवसर पारेर बुधबार रिलिज गरिएको हो। सुरेन लिम्बुको शब्द रहेको ”एक जोडी नयन”मा राजु लामाको संगीत तथा फणिन्द्र राइको एरेन्जमेन्ट रहेको छ भने भिडियोलाई छेवाङ लामाले निर्देशन गरेका हुन जसमा सन्जित श्रेष्ठको क्यामेरा र बिक्रम अधिकारीको सम्पादन रहेको छ। ललितपुरको खोकना आसपासका छेत्रमा खिचिएको भिडियोमा ब्याण्डका २ सदस्यहरु बबी लामा र किरण नगरकोटीको साथमा अरुणा योञ्जनको अभिनय हेर्न सकिन्छ।

यस अघि ६ वटा एल्बमहरु बजारमा ल्याइसकेको २५ बर्ष पुरानो ब्याण्ड ‘मंगोलियन हर्ट’का भोकलिस्ट राजु लामा लामो समयदेखि अमेरिका बस्दै आए पनि वर्षमा २/३ चोटी सम्म नेपाल आएर विभिन्न प्रोग्राम हरु गर्दै आएका छन् भने नेपालबाट गीतारिस्ट एबम म्यानेजर बबी लामाले ब्याण्डका विभिन्न सामाजिक सेवाका कामहरु गर्दै आएका छन् । नेपालमा धेरै सांगीतिक ब्याण्डहरु लामो समय सम्म टिक्न नसक्ने भन्ने भनाइलाई असत्य साबित गर्दै ब्याण्डले आगामी बर्ष भब्य कार्यक्रम गरी ‘सिल्भर जुब्ली’मनाउने तयारी गरेको म्यानेजर बबी लामाले जानकारी दिनु भयो ।

६ वटा एल्बमका ५ दर्जन गीतहरु बजारमा आइसकेका नेपाली मेलोडी पप र सेलो गीतहरु गाउन सिपालु मंगोलियन हर्टका ‘हल्ला चलेछ’, ‘उँभो उँभो खासा’, ‘तिमीलाई देखेर’, ‘बादल पारिको देशबाट’, ‘सायद तिम्रो बाटोमा’, ‘मेरो नेपाल’,‘ओई नाना, ‘नतानुँ त तानुँ लाग्ने’, ‘गाजलु टीका’ लगायत गीत चर्चित छन्।
https://www.youtube.com/watch?v=hxj66NWKBeM&feature=youtu.be

प्रतिक्रिया दिनुहोस