“सिओ डब्ल्यु काउ’ सार्बजनिक

0
17

सरस्वती पूजाको अवसर पारेर नायिका केकी अधिकारी, भद्र बहादुर शाही, देवी लाल न्यौपाने र शिव प्रसाद चौंलागाईंले निर्माणमा बनेको चलचित्र कोहलपुर एक्सप्रेसको पहिलो गीत “सिओ डब्ल्यु काउ’ को भिडियो सार्बजनिक भएको छ । गीतमा राजनराज सिवाकोटीको स्वर, शब्द अनि संगीत संगै मेलिना राईको पनि स्वर रहेको छ ।

गीतको भिडियोमा गम्भीर विष्टको कोरियोग्राफी संग संगै नायिका रिमा विश्वकर्मा, केकी अधिकारी, विनोद न्यौपाने र गम्भिर नाचेका छन् ।

विशाल भण्डारी द्वारा निर्देशित चलचित्रमा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, बुद्दी तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतका अन्य कलाकारहरुको मुख्य अभिनय रहेको छ ।  चलचित्रमा अर्जुन तिवारीको छायांकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस