समीरको नयाँ गीत सार्बजनिक

0
19

अष्ट्रेलीया बाटै नेपाली गीत संगीत लाई अगाडी बढाइरहेका गायक समीर आचार्यको माघी पर्वको विशेष अवसरमा थारु गीत “बठीनीयाके मन परल नही परल मोर स्टाइल यस्नै बडौ” बोलको नयाँ गीत बजारमा आएको छ ।

माघी विशेषत: नेपालमा थारु समुदायमा निकै महत्वका साथ मनाइने गरेको छ । अष्ट्रेलीयाबाटै नेपाली गीत संगीतमा ससक्तरुपमा प्रस्तुत भएका समीरले यो पटक नेपालकै ख्यातीप्राप्त डान्स ग्रुप भीमफेदी गाइज संगको सहकार्यमा यो थारु गीत बजारमा ल्यायका हुन । यस गीतमा संगीत आशीष अविरलको रहेको छ भने रचना एक नारायण भण्डारीको रहेको छ ।

तराई परिबेशमै भिडियो सुटींग भएको छ चितवन कावासोती नवलपरासीका थारु गाउहरुमा यसको भिडीयो खिचिएको थियो । नेपालको तराइ क्षेत्रमा थारुहरुको विषेशतह वसोवास रहेको छ र थारुहरुको माघ महीना निकै विशेष रहदै आएको छ । अष्ट्रेलीयाबाटै दुनीया बेग्लै छ तम्लाइ चट्ट सलाम छ ।

देउडा गीत गायका समीरले यस पटक थारु गीत सहीत आफुलाई नया दर्शक श्रोताको माझमा उभ्याएका छन, थारुहरुको बसोबासको स्थान संगै भाषामा पनि विविधता पाइन्छ त्यसकारण यस गीतमा प्रयोग भएको भाषा कञ्चनपुर दांग नवलपरासी र चितवनको भाषा बाट मिश्रीत रुपमा तयार गरीएको छ । दर्शक श्रोतालाई अवश्य पनि यो नया स्वाद मन पर्नेछ भन्ने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस