रेन्जी शेर्पा को पहिलो गीत सार्बजनिक

0
26

बिरानो मुलुकमा रहेर पनि नेपालि गीत संगीत लाई माया गरेर गायक “रेन्जी शेर्पा” ले आफ्नो आवाजमा पहिलो गीत ” मेरो स्वर्ग ” को म्युजिक भिडियो दर्शक स्रोताको माझमा ल्याएका छन् । पप शैलीमा रहेको गीत ” मेरो स्वर्ग ” मा निकै फरक तरिका ले गायका छन् गायक रेन्जीले ।

अहिले को समयको निकै नै चर्चित संगीतकार हर्कुलस बस्नेतको शब्द अनि संगीत रहेको छ भने निकै नै चर्चित अनि व्यस्त एरेन्जर / गायक / संगीत संयोजक अल्मोडा राना उप्रेती को रहेको छ ।

निकै नै लामो समयको मेहनत पश्चात ” मेरो स्वर्ग ” गीत सार्बजनिक गरेका छन् “रेन्जी शेर्पा” ले। अमेरिका र जर्मनको निकै रमणीय स्थानमा छायांकन गरियको गीतमा येशी डोल्मा अनि गायक स्वयम्को अभिनय रहेको छ भने कन्सेप्ट गायक रेन्जी स्वयम् अनि येशि डोल्माको रहेको छ । सम्पादन अनि छायाकार तथा निर्देशन तेञ्जिङ्ग छिन्ले र सुनिल गुरुङको रहेको छ । गायक रेन्जी लाई प्रगति को शुभकामना ।
p;

प्रतिक्रिया दिनुहोस