“लभ पर्ला जस्तो छ” भन्दै रियाले देखाईन आफ्नो मस्त जवानी

0
82

बिगत एक दशक देखि निरन्तर रुपमा नेपालि गीत संगीतमा काम गर्दै आएका कमल किरणको नयाँ गित “लभ पर्ला जस्तो छ” सार्बजनिक भएको छ । बजारको माग अनुसार गीत गाउन रुचाउने किरणले यसपालि यो गीत सार्बजनिक गरेका हुन् ।

डढेलो सर्यो किन, कोहि भन्छन अमेरिका, तल्ला घरे सन्नानिको जस्ता गीत बाट चिनिएका किरणले थुप्रै गीतहरु गाएका छन् भने प्राय जसो सबै खाले गित अनि केहि मात्रामा काहिँ कतै शब्द रचना तथा संगीत भर्ने काम पनि गर्ने गर्छन ।

आफ्नो नयाँ गित “लभ पर्ला जस्तो छ” सार्बजनिक संग संगै यसको म्युजिक भिडियो पनि तयार गरेका छन् । निर्माण भएको भिडियोमा रिया श्रेष्ठ, बिकाश अनि दिपकको अभिनय रहेको छ ।

आफ्नै शब्द/संगीत अनि रचनामा तयार भएको यो गीत लाई किरण आफैले गायका हुन् भने राकेश सोनीको एरेन्ज रहेको छ ।

अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्ट द्वारा बजार ब्यबस्थापन गरिएको भिडियोमा ओम प्रसाईको छायांकन बिष्णु खड्का (आर्यन) को सम्पादन अनि राजिव समरको कोरियोग्राफी संगै प्रकाश धितालको निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस