रोशनी लाई “झ्याम्मै मायालु” भन्दै हिडे रोशन

0
71

नेपालि गीत संगीतको बजारमा एक पछि अर्को तर फरक फरक ढंगले गीतलाई दर्शक/ श्रोता माझमा प्रस्तुत गर्दै आएका युवा तथा कुशल संगीतकार तथा गायक हुन् राजेन्द्र बजगाई ।

यिनै राजेन्द्र बजगाईको आवाजमा रहेको नयाँ गीत “झ्याम्मै मायालु” सार्बजनिक भएको छ भने गीतमा जिवन लुइँटेलको शब्द रचना अनि केशब बडूको एरेन्जर संगै कुमार रानाको मिक्सिंग मास्टरिङ्ग रहेको छ ।
बजगाई र लुइँटेलले सार्बजनिक भएको यो गीतको म्युजिक भिडियो पनि निर्माण गरेका छन् । निर्माण गरिएको भिडियोमा राजिव समरको कोरियोग्राफी अनि निता भारती मेकअप रहेको छ ।

उत्कृष्ट ढंगले उत्सव दाहालको छायांकन रहेको यो गीतको भिडियोमा निशान घिमिरेको सम्पादन अनि प्रकाश धितालले निर्देशन रहेको छ ।

भिडियोमा नम्रता सापकोटाको अभिनय संग संगै कमल सिंह, रोशनी कार्की, रोशन बुढाको दमदार अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस