दल जेरी राई अनि मेलिना राईको आवाजमा रहेको “सिरीमा सिरि” गीतको भिडियो सार्बजनिक (भिडियो सहित)

0
44

राम रेपचुङ्ग राईको शब्द तथा संगीतकार बसन्त सापकोटाको संगीतमा दल जेरी राई अनि मेलिना राइको आवाजमा रहेको नयाँ गीत “सिरीमा सिरि” सार्बजनिक भएको छ ।
झापामा जन्मिएका र केहि समय उता अमेरिकाको क्यान्टोकि भन्ने स्थानमा बस्दै आएका गायक दल जेरी राईको यो नयाँ गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेक छ ।

यस्तै गीतको म्युजिक भिडियो पनि बनेको छ भिडियो लाई निर्मल लामा (बिजी)ले निर्देशन गरका छन् भने भिडियोमा राम कुमार के.सी को छायांकन रहेको छ भने केन्द्र शाहको सम्पादन रहेको छ ।

भिडियोमा आरती सुनुवार राईको मेकअप संगै भीमफेदी गाईज र शिल्पा तामांगको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस