सुरज मानन्धरको “तिम्रो अंगालोमा” गीतको भिडियो सार्बजनिक (भिडियो सहित)

0
59

पछिल्लो समय नेपाली गीत संगीतमा अनि त्यो पनि गायनमा अलिक फरक आवाज भएका एक गायक हुन् सुरज मानन्धर । यिनै मानन्धर लामो समय देखि गीत संगीतमा आबद्द हुदै आएका छन् । सानै देखि गित संगीतमा लाग्न रहर गर्ने यी गायकले संगीतकार चन्दन के श्रेष्ठ संग शास्त्रीय संगीतको शिक्षा लिएका हुन् ।

गायक मानन्धरले आफ्नो नयाँ गीत “तिम्रो अंगालोमा” सार्बजनिक गरेका छन । सार्बजनिक गीतमा उनलाई गायिका अन्जु पन्तले साथ् दिएकि छिन ।

यस्तै गीतमा गोबिन्द दाहालको शब्द रहेको छ भने गायक मानन्धरका आफ्नै संगीतका गुरु चन्दन के श्रेष्ठको संगीत रहेको छ भने फणिन्द्र राईको संगीत संयोजन रहेको छ ।

पछिल्लो समय बजारमा चर्चा कमाउन सफल यो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । निर्माण भएको भिडियोमा निराजन प्रधान अनि अशिष्मा नकर्मीको अभिनय छ ।

भिडियोमा राजिव समरको कोरियोग्राफी संगै भिडियो लाई अनिल के मानन्धरले छायांकन गरेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

यस्तै टौवा क्रियसन बाट बजार ब्यबस्थापन गरिएको यस भिडियो लाई शान थापाले निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस