गायक प्रदिप भन्छन तिम्रो र हाम्रो भेट्भो नि लैलै भेडेटारैमा

0
59

नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो राम्रो पहिचान वनाउन केहि वर्ष देखि निरन्तर रुपमा संघर्ष गरी रहेका गायक प्रदिप ढकालले आफ्नो नयाँ गीत ” तिम्रो र हाम्रो “को म्युजिक भिडीयो बजारमा लिएर आएका छन । यस भन्दा पहीले “तोङबा मै रमाउँछ”, “बर्षात आयो” र भुकम्पको गीत “जुटौँ सबैमिली” बाट सबैको मन् जित्न सफल गायक प्रदिप ढकालको यो चौँथो भिडीयो हो ।

पश्चिममा जन्मिएर पनि पुर्वेली गीत अत्यन्त मीठो गाउने प्रदिप ढकालको आफ्नै शब्द तथा संगीत र श्याम सुनुवारको संगीत ऐरेन्ज रहेको यस गीतको शब्द ” तिम्रो र हाम्रो भेट्भो नि लैलै भेडेटारैमा-घुमौँला संगै धरान बजार मोटरकारैमा ” ले केटाकेटी विचको मायाँ अनी त्यस ठाउँको पर्यटन प्रवर्दनलाई पनी समेटेको गायक बताउँछन् ।

पर्वेली लोक लयमा रहेको यस् गीतमा मोडल क्रीष्टीना थापा र मोडलिङ क्षेत्रका उदयमान मोडल दया को अभिनय रहेको छ ।एलिना कार्कि र सत्य कार्कि निर्माता रहेको यस भिडीयोको छायांकन बुद्ध थापा, मेकअप समरा लामा,सम्पादन बिकाश धमला ले गरेका छन् भने यस भिडीयो लाई राजीब समरले निर्देशन गरेका हुन । काठमाण्डौ,धरान अनी भेडेटारमा छायांकन गरीएको यस भिडीयोलाई दर्शक तथा स्रोताहरुले अत्यन्त मन पराउनुहुनेछ भन्ने कुरामा विस्वस्त छन् गायक  तथा निर्देशक ।

प्रतिक्रिया दिनुहोस