गीतकार ईश्वर श्रेष्ठको एकल गीती एल्बम “उकाली ओराली” सार्बजनिक

0
16

गीतकार इश्वर श्रेष्ठको एकल शब्द रचनामा निर्माण भएको “उकाली ओराली” नामक गीती एल्बमको बिमोचन एक कार्यक्रमका बिचमा आज सार्बजनिक गरिएको छ ।

जसमा पछिल्लो समयका चर्चित संगीतकार दीपक शर्माको एकल संगीत रहेको छ भने नरेन्द्र बियोगीको एकल संगीत संयोजन रहेको छ ।

यस “उकाली ओराली” नामक गीती एल्बमा गायक रामकृष्ण ढकाल, राजेशपायल राई, स्वरुपराज आचार्य, बिन्दु परियार, मेनुका पौडेल, प्रताप लामा, सुरेश लामा, ध्रुब बिस्कोको आदि कलाकारको आवाज लाई सुन्न सकिने छ भने ६ वटा गीत समावेश यस एल्बममा एउटा तिज गीत बोनश स्वरुप समावेश गरिएको छ ।

कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका मुर्धन्य स्रष्टाहरुको निकै नै बाक्लो सहभागिताको रहेको थियो भने कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा बरिष्ठ साहित्यकार राजेन्द्र थापाले गीतकार इश्वर श्रेष्ठको गीतमा कुनै पनि काल्पनिकता नभएको र उनको लेखन शैलीको खुलेर तारिफ गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल गीतकार संघका अध्यक्ष तथा बरिष्ठ गीतकार चुणामणी देवकोटा र संगीतकार संघका अध्यक्ष तथा बरिष्ठ संगीतकार लक्ष्मण शेषले पनि “उकाली ओराली” एल्बम अत्यन्तै गहकिलो भएको बताएका थिए ।

एल्बममा चम्पा श्रेष्ठको प्रस्तुति रहेको छ । सो अवसरमा एल्बममा समावेश शीर्ष गीत ओरालो झरेजस्तोको भिडियो समेत देखाइएको थियो । सार्वजनिक भिडियोमा रिमा विश्वकर्मा र विकाश लामिछानेको अभिनय रहेको छ । जसलाई निर्देशक युवराज वाइवाले निर्देशन गरेका छन् ।

भिडियो हेर्न यो लिंकमा क्लिक गरौ

प्रतिक्रिया दिनुहोस