संगीतकार हरि लम्सालको संगीतमा रहेको “जिन्दगीको २ पल” गीतको भिडियो सार्बजनिक

0
30

नेपालि गीत संगीतमा पछिल्लो समय संगीतकारको रुपमा राम्रो छबि बनाएका एक कुशल संगीतकार हुन् हरि लम्साल । यिनै हरिले संगीत गरेको पछिल्लो समय रोहन पौडेल (जनक) को शब्दमा रहेको नयाँ गीत “जिन्दगीको २ पल” को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

सार्बजनिक भिडियोको गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ भने चर्चित गायिका मेलिना राई अनि गायक सन्तोष लामाको आवाज रहेको छ ।

भिडियोमा अर्जुन तिवारीको छायांकन, राजिव समरको कोरियोग्राफी, निशान घिमिरेको सम्पादन रहेको छ ।

प्रकाश धितालले निर्देशन रहेको यस गीतको भिडियोमा रीमा बिश्वकर्मा अनि जीवन भट्टराईको अभिनय रहेको छ भने भिडियो लाई अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्ट द्वारा बजार ब्यबस्थापन गरिएको छ भने भिडियोमा सबिन पौडेलको प्रस्तुतीकरण रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस