निर प्रशादको “यो जुनीमा” सार्बजनिक (भिडियो सहित)

0
83

नेपाली सांगीतिक ईतिहासमा पहिलो पटक कलाकार नीर प्रसाद गुरुङले आफ्नो एकल शब्द तथा संगीतमा रहेको पृथक गीति संग्रह “जुनि” सार्बजनिक गरेका छन् । सार्बजनिक एल्बममा ४ गीत समाबेश भएका छन् । जुन गीतमा “शब्द एक, संगीत अनेक” रहेको छ भने यसको शब्द
“यो जुनिमा वाचुन्जेल सम्म तिम्रै मायाको हात चाहिन्छ !!
एकमुठी सास रहुन्जेल सम्म तिम्रै साथ चाहिन्छ !! नै रहेको छ ।

गुरुङले “शब्द एक, संगीत अनेक”मा रहेका ४ गीतलाई अलक अलक धारमा संगीत भरेका हुन् भने गीतमा संगीत संयोजन बि बि अनुरागी, मिक्सिंग मास्टरिङ्ग शुकुराम बिश्वकर्माको रहेको छ भने पहिलो पटक सार्बजनिक पहिलो यो गीतमा प्रमोद खरेलको आवाज रहेको छ ।

यो गीतमा निरले एउटा पारिवारिक वातावरण लाई समेटेर बनाएको आफ्नै निजी वास्तविक जिवनमा आधरित मीठो भावपन शब्दको गित अनि संगीत लाई उनले तयार गरेका हुन् ।
यस्तै नेपालि सांगीतिक क्षेत्रमा गुरुङले केहि नया गर्न खोजेको भने पक्कै हो ।

“शब्द एक, संगीत अनेक”मा रहेका ४ गीत मध्ये पहिलो गीतको म्युजिक भिडियो पनि सार्बजनिक भएको छ । सार्बजनिक भिडियोमा सनम कठायत अनि अन्जु चौलागाई अभिनय रहेको छ ।

यस्तै गीतको भिडियो लाई उत्सब दाहालले छायांकन, निशान घिमिरेले सम्पादन गरेका हुन् भने प्रकाश धितालले निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस