केकी र निराजनको अभिनयमा “बिर्सिदिन्छु भनेर नै” गीतको म्युजिक भिडियो सार्बजनिक

0
45

के एण्ड के को प्रस्तुतिमा रहेको “बिर्सिदिन्छु भनेर नै” गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
जसमा केकी अधिकारी अनि निराजन प्रधानको अभिनय रहेको छ ।

यो गीत लाई पछिल्लो समय अमेरिकाको ओहायो राज्यको एक्रोन सहरमा बस्दै आएका एक कुशल गीतकार अनि सानै देखि गीत संगीतमा लगाब राख्दै आएका र गित संगीतका पारखी साहज गुरुङले लेखेका हुन् ।

यिनै गुरुङ भुटानमा जन्मिएका हुन् र पछि आएर झापामा बसोबास गर्दै अहिले अमेरिका बाट नै यो गीत “बिर्सिदिन्छु भनेर नै” सार्बजनिक गरेका हुन् र अहिले यो गीत चर्चामा रहेको छ ।

गीतमा अम्बर तुम्बापो सुब्बाको संगीतमा बनेको यो गीतमा उदय सोताङ्गको आवाज अनि सचिन सिंहको संगीत संयोजन रहेको छ ।
यस्तै भिडियोमा हरि हुमागाईंको छायांकन, निशान घिमिरेको सम्पादन संगै अर्जुन अधिकारीको निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस