समधुर स्वरका गायक उदित नारायण झा अनि गायिका मिलन अमात्यको आवाजमा ”कहिले पनि नबोलेको’ सार्बजनिक

0
38

गीतकार नारायण गौतमको शब्दमा निरु गौतमको श्रुतिमा एल्बममा समाबेश ”कहिले पनि नबोलेको पहिलो चोटि गार्है हुन्छ” गित सार्बजनिक भएको छ ।
राज शुक्र लिम्बुको संगीत अनि बाबुल गिरीको एरेन्ज रहेको गीतमा उदित नारायण झा अनि मिलन अमात्यको आवाज रहेको छ ।
यसै गरि यो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । भिडियोलाई अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्ट द्वारा बजार ब्यबस्थापन गरिने भएको छ ।

निर्माण भएको भएको भिडियो लाई उत्सब दाहालले छायांकन गरेका हुन् भने राजिब समरले कोरियोग्राफी गरेका हुन् ।
निशान घिमिरेको उत्कृष्ट सम्पादनमा तयार भएको भिडियोलाई संचारकर्मी प्रकाश धितालले निर्देशन गरेका हुन् भने भिडियोमा वर्षा सिवाकोटी र मनिस राउतको जिबन्त अभिनय रहेको छ ।

हेरौ भिडियो