बर्षाको नजरको शासन ढाली दिने यी युवा को हुन् ?

0
83

कुशल गितकार रावतको शब्द अनि सुरेस अधिकारीको संगीतमा गायक एम लामाको ”तहल्कै तहल्का संसारमै तहल्का” गीतको अपार सफलता पछि “तिम्रो नजरको शासन ढाली दिने कोहि भए” सार्बजनिक भएको छ ।

यसै गरि यो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ गायक लामाको अवाजमा रहेको यो भिडियोलाई उत्सब दाहालले छायांकन गरेका छन् , निशान घिमिरेको सम्पादन रहेको यो भिडियोमा राजिब समरको कोरियोग्राफी रहेको छ

नायिका बर्षा सिवाकोटी अनि राजेश गहतराजको अभिनय रहेको भिडियोलाई प्रकाश धितालाके निर्देशन गरेका छन् भने भिडियो लाई अप्सन मिडिया एन्ड ईन्टरटेन्मेन्टले बजार ब्यबस्थापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस