मोडेल केके र कृष्टिनाको सुन्दर भिडियो “मन पर्यो” सार्बजनिक

0
13

पछिल्लो समयका निकै नै ब्यस्त मोडेल के.के को एक पछी अर्को गर्दै म्युजिक भिडियोहरु सार्बजनिक भैरहेका छन् । यसै बीच उनको पछिल्लो नया गीतको म्युजिक भिडियो ‘मन पर्यो’ सार्बजनिक भएको छ ।

भिडियोमा उनलाई क्रिष्टिना थापाले साथ् दिएकी छिन । दिपेश गौतमको आवाजमा रहेको उक्त गीतलाई केदार धितालले निर्देशन गरेका छन् ।

यो गीतमा मिन गुरुङको शब्द/संगीतमा संगै अर्जुन तिवारीको छायांकन रहेको छ। भिडियोको कोरियोग्राफी रोहित बस्नेतले गरेका छन् । निशान घिमिरेको सम्पादनमा तयार भएको भिडियो “मन पर्यो” मा मोडेल द्वय केके र क्रिष्टिना को जोडी राम्रो जमेको देखिन्छ ।